एकै परिवारका ७ जनाले गरे आत्महत्या, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

दिल्लीको बुराडीमा एकै परिवारका ११ जनाले सामूहिक आत्महत्या गरेको घटना सेलाउन नपाउदै भारतमा फेरि अर्काे यस्तै घटना दोहोरिएको छ ।

 

केहि हप्ताअघि बुराडीमा भएको घटनाको अनुसन्धान चलिरहेका बेला राँचीमा पनि एकै परिवारका ७ जनाले आत्महत्या गरेका छन् । प्राप्त खबरका अनुसार मृतक परिवार ऋणमा डुबेको थियो ।

 

आत्महत्या गर्नेमा २ जना साना बालबालिका छन् । एउटा बालिका ४ वर्षकी छन् भने बालक एक वर्षका मात्रै छन् । घटनाको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले शवहरुकोे पोष्टमार्टम गर्ने तयारी भैरहेको छ ।

 

कोठामा एक व्यक्ति झुण्डिएको अवस्थामा देखिएका छन् भने बाँकी ६ जनाको शव ओछ्यानमा ढलेको अवस्थामा फेला परेको छ। उनीहरु सबै उक्त घरमा कोठा भाडामा लिएर बसिरहेका थिए।

 

घर मालिकका अनुसार मृतक भागलपुर भन्ने ठाँउका दीपक झा र उनको परिवार ऋणमा डुबेको थियो र उनीहरुले केहि महिना अघिदेखी कोठाभाडा बापतको रकम समेत तिर्न सकेका थिएनन् ।

 

उनीहरु मृत भेटिएको खबर त्यतीबेला मात्रै थाहा भएको थियो जतिबेला दीपकको छोरीलाई विद्यालय लैजाने भ्यान आएको थियो । विद्यालय भ्यानका चालकले लामो समयसम्म हर्न बजाउदा पनि कोहि आएनन्।

त्यसपछि घरमालिकका छोरा दीपकको छोरीलाई बोलाउन गए र उनले कोठामा जे देखे त्यो आफ्नो बुवालाई भने। त्यसपछि मात्रै प्रहरीलाई खबर भएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...