एकै परिवारका ७ जनाले गरे आत्महत्या, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

दिल्लीको बुराडीमा एकै परिवारका ११ जनाले सामूहिक आत्महत्या गरेको घटना सेलाउन नपाउदै भारतमा फेरि अर्काे यस्तै घटना दोहोरिएको छ ।

 

केहि हप्ताअघि बुराडीमा भएको घटनाको अनुसन्धान चलिरहेका बेला राँचीमा पनि एकै परिवारका ७ जनाले आत्महत्या गरेका छन् । प्राप्त खबरका अनुसार मृतक परिवार ऋणमा डुबेको थियो ।

 

आत्महत्या गर्नेमा २ जना साना बालबालिका छन् । एउटा बालिका ४ वर्षकी छन् भने बालक एक वर्षका मात्रै छन् । घटनाको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले शवहरुकोे पोष्टमार्टम गर्ने तयारी भैरहेको छ ।

 

कोठामा एक व्यक्ति झुण्डिएको अवस्थामा देखिएका छन् भने बाँकी ६ जनाको शव ओछ्यानमा ढलेको अवस्थामा फेला परेको छ। उनीहरु सबै उक्त घरमा कोठा भाडामा लिएर बसिरहेका थिए।

 

घर मालिकका अनुसार मृतक भागलपुर भन्ने ठाँउका दीपक झा र उनको परिवार ऋणमा डुबेको थियो र उनीहरुले केहि महिना अघिदेखी कोठाभाडा बापतको रकम समेत तिर्न सकेका थिएनन् ।

 

उनीहरु मृत भेटिएको खबर त्यतीबेला मात्रै थाहा भएको थियो जतिबेला दीपकको छोरीलाई विद्यालय लैजाने भ्यान आएको थियो । विद्यालय भ्यानका चालकले लामो समयसम्म हर्न बजाउदा पनि कोहि आएनन्।

त्यसपछि घरमालिकका छोरा दीपकको छोरीलाई बोलाउन गए र उनले कोठामा जे देखे त्यो आफ्नो बुवालाई भने। त्यसपछि मात्रै प्रहरीलाई खबर भएको थियो।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...