गरिब जनताको जीवनस्तर उकास्न प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको यस्तो छ योजना



 

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका जनतालाई करको मार नपर्ने ठुलो मार नपर्ने नीति अख्तियार गरेको बताउनु भएको छ । उहाले आफ्नो प्रदेशका जनता करको मारमा नभएको समेत स्पष्ट पार्नुभयो ।

 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजना आज विहान भएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले गरिब जनतालाई करको मारमा नपारेको बताउनु भयो । ‘धेरै कमाउनेले धेरै र थोरै कमाउनेले थोरै कर तिर्ने नीति लिएका छौँ ।’ उहाले अगाडी भन्नुभयो, ‘अति गरिब भई कर तिर्न नसक्नेको लागि प्रदेश सरकारले कर नतिर्ने नीति समेत ल्याएको छ । विपतमा परेका जनताले समेत अब निशुल्क रुपमा सेवा प्राप्त गर्नेछन् । ’

 

पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रदेशले कृषि, पर्यटन, उर्जा, सडक, शिक्षा, स्वास्थ्य लगायतका विविध पक्षको सुधार गर्दै समाज सुधारको काममा अघि बढेको बताउनु भयो । कृषिलाई आधुनिकिकरण, बजारीकरण र ग्रामीण पर्यटनको अवधारणा मार्फत ग्रामीण क्षेत्रको समृद्धिको लागि प्रदेश सरकारले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम ल्याएको जानकारी दिनुभयो । सरकारले मध्यपहाडी लोक मार्ग, हुलाकी सडक लगायतका सडक अवधारणाहरु मार्फत सडकको पहुँचमा सबै जिल्लालाई पार्ने गरी काम सुरु गरेको समेत मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति