गरिब जनताको जीवनस्तर उकास्न प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको यस्तो छ योजना



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका जनतालाई करको मार नपर्ने ठुलो मार नपर्ने नीति अख्तियार गरेको बताउनु भएको छ । उहाले आफ्नो प्रदेशका जनता करको मारमा नभएको समेत स्पष्ट पार्नुभयो ।

 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजना आज विहान भएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले गरिब जनतालाई करको मारमा नपारेको बताउनु भयो । ‘धेरै कमाउनेले धेरै र थोरै कमाउनेले थोरै कर तिर्ने नीति लिएका छौँ ।’ उहाले अगाडी भन्नुभयो, ‘अति गरिब भई कर तिर्न नसक्नेको लागि प्रदेश सरकारले कर नतिर्ने नीति समेत ल्याएको छ । विपतमा परेका जनताले समेत अब निशुल्क रुपमा सेवा प्राप्त गर्नेछन् । ’

 

पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रदेशले कृषि, पर्यटन, उर्जा, सडक, शिक्षा, स्वास्थ्य लगायतका विविध पक्षको सुधार गर्दै समाज सुधारको काममा अघि बढेको बताउनु भयो । कृषिलाई आधुनिकिकरण, बजारीकरण र ग्रामीण पर्यटनको अवधारणा मार्फत ग्रामीण क्षेत्रको समृद्धिको लागि प्रदेश सरकारले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम ल्याएको जानकारी दिनुभयो । सरकारले मध्यपहाडी लोक मार्ग, हुलाकी सडक लगायतका सडक अवधारणाहरु मार्फत सडकको पहुँचमा सबै जिल्लालाई पार्ने गरी काम सुरु गरेको समेत मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस
गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...

नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश

  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका...