१३ वर्षीया बालिका हत्या प्रकरण : ७२ घण्टा पछि शवको अन्त्येष्टी, छोरीको शवलाई अगाँलो हाल्दै यसरी रोए बाबु यज्ञराज



 

गत शुक्रबार मृत अवस्थामा फेला परेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ७२ घण्टापछि अन्त्येष्टी गरिएको छ ।  सोमबार बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टी गरिएको परिवारले जनाएको छ । मृतक बालिकाको दाजु लक्ष्मीदत्त पन्तले हिन्दु धार्मिक संस्कार अनुसार दाहसंस्कार गरिएको बताए । मृतकका बाबु यज्ञराज पन्तले निर्मलालाई दागबत्ति दिएका छन् । छोरीको शव निकाल्दै बाबु यज्ञराज घाटमा शोकविह्लह भएका थिए ।

 

आइतबार जिल्ला तीन राजनीतिक दलबीच निर्मलाको दाह संस्कार गर्ने सहमती जनाएपछि सोमबार बिहान अन्त्येष्टी गरिएको हो । नेकपा, कांग्रेस र राष्ट्रिय जनता पार्टीले शव दाहसंस्कार गर्दै पीडित परिवारका लागि राहतका कार्यक्रम माग गर्ने प्रतिबद्धता जाहेर गरे । तीनै पार्टीले आन्दोलनमा उत्रेका आ–आफ्ना कार्यकर्ता फिर्ता बोलाउने र बाँकी स्थानीय सर्वसाधारणलाई अन्त्येष्टी गर्न सहयोग गर्न अनुरोध गरेका थिए ।

 

दाहसंस्कारमा वडाध्यक्षदेखि प्रदेश सांसदसम्म सहभागी थिए । भीनपा २का वडाध्यक्ष डम्मर कार्की (डिके), १८ का वडाध्यक्ष एव प्रवक्ता राजेन्द्र पाण्डे, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, बेदकोटका मेयर अशोक चन्द र प्रदेश सभा सदस्य प्रकास रावल सहभागि थिए । उनीहरुले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

 

भीमदत्त नगरपालिका २ का वडाध्यक्ष डम्मर कार्की (डिके)ले वडा कार्यालयका तर्फबाट मृतक निर्मलाको सम्झनामा चिल्ड्रेन पार्क बनाउने कार्य चाँडै थाल्ने बताए । उनी अध्ययनरत सरस्वती माध्यामिक विद्यालयमा चाँडै पार्क निर्माण थाल्ने वडाध्यक्ष कार्कीको प्रतिबद्धता छ । बलात्कार पछि निर्मम हत्याको विरोधमा स्थानीय, अधिकारकर्मीले तीनदिनसम्म लगातार आन्दोलन गरेका थिए ।

 

पीडित परिवारले अधिकारका लागि थालिएको आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । तीनदिनसम्म लगातार प्रर्दशनका क्रममा आइतबार दुईजना घाईते भएका छन् । गोबिन्द जोशी र लक्ष्मी मल्ल घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ । मल्ल महाकाली अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएकी छिन्, भने गोविन्दको थप उपचारका लागि रेफर गरिएको छ ।

 

घटनाको चौतर्फि विरोध एवं भत्र्सना गरिएको छ । सोमबार पनि कञ्चनपुरका विभिन्न ६ विद्यार्थी संगठन आन्दोलनमा छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीले प्रशासनमा धर्ना दिइने बताए । उनका अनुसार अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियु, बैद्य÷विप्लव क्रान्तिकारी र अखिल छैटौँले प्रशासनमा धर्ना दिने छन् ।

 

गतबिहीबार दिउँसो साथी रोशनी बमको घरबाट आफ्नो साईकल चढेर आफ्नो घरतर्फ गईरहेकी निर्मललाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा नालामा साइकल, आम्बा र किताब फेला परेका थिए । साइकलकै आधारमा उनको खोजीकार्य गर्दा खोला छेउमै रहेको उखुबारीमा निर्मलाको शव भेटिएको थियो । चारदिन अघि मात्रै जिउँदै रहेकी निर्मला चारदिनपछि जलेर धुँवा संगै महाकालीको आकासमा उडेरै गइन् ।

 

बेदकोट नगरका मेयरद्धारा १० हजार किरिया खर्च सहयोग
कञ्चनपुरको बेदकोट नगरपालिका मेयर अशोक चन्दले मृतक निर्मलाका परिवारलाई क्रिरिया खर्च सहयोग गरेका छन् ।  सोमबार बिहान निर्मलाको अन्त्येष्टी महाकाली घाटमै नगद १० हजार किरिया खर्च सहयोग गरेको हो । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले जघन्य अपराधजस्तो घटनाका पीडित परिवारलाई क्रिरिया खर्च सहयोग उपलब्ध गराएको बताए । मेयर चन्दले नगदै रकम पीडितका बाबु यज्ञराज पन्तलाई उपलब्ध गराएका छन् । उनले उक्त सहयोग व्यक्तिगत भएको बताए ।

 

भीमदत्त नगरबाट सकिने सबै सहयोगको प्रतिबद्धता
भीमदत्त नगरपालिकाले मृतक निर्मला पन्तको पीडित परिवारलाई कार्यालयबाट सकिने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भीमदत्त नगरले एक प्रेस विज्ञप्ती जारी गर्दै पीडित परिवारले उठाएको मागमध्ये कार्यालयबाट सकिने सहयोगका लागि प्रतिवद्धता गरेको हो ।

 

विज्ञप्तिमा नगर प्रमुख सुरेन्द्र विष्टले मृतक पन्तका परिवारसित पटक पटक भेटघाट गरी मृतक पन्तप्रति श्रद्धाञ्जली र पन्त परिवारमा समवेदना व्यक्त गरेको उल्लेख गरिएको छ । नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले प्रकाशित गरेको विज्ञप्तिमा सबै नगरवासीमा धैर्य धारण र अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ ।

 

घटनाको अनुसन्धान गर्न सिआइबीको टोली महेन्द्रनगरमा
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले केही दिनभित्रै घटना सार्वजनिक हुने बताए ।  उनका अनुसार ५ जना नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनका अनुसार घटनाको थप अनुसन्धान गर्नका लागि केन्द्रबाट (सिआईबी)को टोली महेन्द्रनगर पुगेको छ । ‘घटनाको थप प्राविधिक सहयोगका लागि जिल्लाबाट सिआईबीको टोली माग गरेका हौँ, ‘उनले भने, ‘दुवै टोली अनुसन्धानमा खटिन्छौँ ।’

 

सिआइबीका डिएपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय टोली आइतबार महेन्द्रनगर पुगेको हो ।
टोलीले सोमबारदेखि नै काम अघि बढाउने भएको छ । कञ्चनपुर प्रहरी प्रमुख विष्टले दोषिले कुनैपनि हालतमा उन्मुक्ती नपाउने प्रतिबद्धता जाहेर गरे । कञ्चनपुर प्रहरी प्रशासन घटना स्थलमा प्रहरी चौकी स्थापना गर्न तयार  भएको छ ।

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति