चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो, राष्ट्रपतिको नेपाल भ्रमणको तयारी



हाम्रो इकोनोमि

 

काठमाडौं नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री वाङ जुङले आज नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

चिनियाँ उपविदेशमन्त्री वाङ जुङको नेपाल भ्रमण राष्ट्रपति सी जिङ पिङको तयारीको रुपमा भएको उच्च स्रोतको भनाई छ ।

भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

हिजो मात्र उपविदेशमन्त्री वाङ जुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् ।

नेपालका चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लिएर विभिन्न अड्कलवाजी भएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगै चीनका प्रधानमन्त्रीलाई समेत निम्ता दिएका छन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्तो पठाउँदै प्रधानमन्त्री ओलीले भनेका थिए– ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’ उनले भने– ‘चीनका राष्ट्रपति  र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आँतुर छौं ।’

 

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धिलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको समेत बताए । उनले भनेका थिए– ‘सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धिलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं’ प्रधानमन्त्री ओलीले भनेका छन्– ‘हामी भूपरिवेष्टित देश भएकोले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’

 

उपविदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताएका छन् ।

 

यस अघि ६ दिने औपचारिक भ्रमणका क्रममा चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले असार ८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आफ्नो भ्रमण सकेर फर्केपछि प्रधानमन्त्री ओलीले विमानस्थलमाचिनियाँ राष्ट्रपति सी जिङ पिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए ।

६ दिने चीन भ्रमण पूरा गरी स्वदेश असार १० गते स्वदेश फर्केका ओलीले विमानस्थलमा चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...