राज्यमन्त्रीकै अगाडि राजपा कार्यकर्ताबीच कुटाकुट, अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते



हाम्रो इकोनोमि

 

महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा झडप हुँदा पाँच जना घाइते भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो ।

झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका छन् ।

 

परिषदमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो । राज्यमन्त्री शर्मालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो ।

 

गाउँपालिका अध्यक्ष चौधरीले पार्टीसँग छलफल नै नगरी गाउँ परिषद गरेको र भनेअनुसारका योजनाहरु छनौट गर्न नखोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले बहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको विरोध हुँदाहुँदै परिषद गरेको भन्दै परिषदस्थलमा राजपाका केही कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि झडप भएको हो ।

 

आफूहरुले परिषदको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्ना मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाइ कमिटी अध्यक्ष पाण्डेयको आरोप छ । गाउँपालिका अध्यक्ष चौधरीले जनताको भावना विपरित आफू अनुकूल बिकास योजनाहरु बनाएर परिषद गर्न खोजेकाले वाध्य भएर विरोधमा उत्रिनु परेको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...