राजपाले सरकारको सर्मथन फिर्ता लिने, संविधान संशोधन नभए मघेश बन्द गर्ने चेतावनी



 

राजपा र सरकारकाबीचमा खटपट सुरु भएको छ। आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति जुटेपछि सरकारलाई समर्थन दिएको राजपा र सरकारका बीचमा अहिले खटपट सुरु भएको हो। सरकारले संविधान संशोधनमा कुनै पनि चासो नदिएको भन्दै राजपा असन्तुष्ट बनेको हो।

 

राजपा नेतृत्वलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने दबाब समेत पर्न थालेको छ। गत साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर राजपा अध्यक्ष मण्डलका नेताले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए। ओलीले संविधान संशोधनका विषयमा आफू सकारात्मक रहेको बताए पनि अहिलेसम्म संशोधनमा चासो नदेखाएको राजापाका नेताहरूले आरोप लगाउन थालेका छन्।

 

मधेस आन्दोलनका क्रममा राजपाका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, पीडितलाई राहत र कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीलाई जेलमुक्त गराएर शपथ ग्रहण गराउनुपर्ने माग राजपाले राखेको थियो। यो विषय कार्यदल बनाउर टुंग्याउने बचन ओलीले दिएका थिए। पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूहरूको मागप्रति ध्यान नै नदिएको भन्दै राजपा नेताहरू असन्तुष्ट बनेका हुन्।

 

‘सरकारले प्रतिवद्धता जनाएको दुई हप्ता हुनै लाग्यो तर केही पहल गरेको छैन’, राजपा महासचिव केशव झा भन्छन्, ‘हामीले संविधान संशोधन गर्छौँ। मधेसका मुद्दा पूरा गर्छौ भनेर जनताबाट भोट मागेर आयौँ। अहिलेसम्म केही हुन सकेको छैन। हामीलाई धेरै दबाब छ।’ पछिल्लो समय राजपाका केही नेताहरूले नेतृत्वलाई सरकारसँगको सहकार्य तोड्न दबाब दिँदै आएका छन्।

 

‘सरकारले माग पूरा नगरे हामी सडकमा आन्दोलनमा जान बाध्य हुने छौँ’, झाले भने, ‘कहिलेसम्म हामीले कुर्ने? कार्यकर्तामा पनि अहिले सरकारप्रति तीव्र असन्तुष्टि बढ्दै गएको छ।’ तर भेटमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीको अनशनले केही समस्या भएकाले राजपाको एजेण्डा सम्बोधन गर्न नसकिएको बताएका थिए। ‘प्रधानमन्त्रीजीले डा. केसीको अनशनले अवरोध भएको छ। केसीको अनशनपछि तपाईंहरूको मुद्दा सल्टाउन हामी लाग्छौँ भन्नुभएको छ’, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘अब अनशन पनि तोडिएको छ। के हुन्छ हामी हेर्छौँ।’ सरकालाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने नजाने भन्ने विषयमा पनि राजपाभित्र विवाद छ।

 

राजपा मण्डलका केही सदस्यहरू सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्छ भन्ने पक्षमा छन् भने केही नेता आन्दोलनमा जानुपर्ने धारणा राख्दै आएका छन्। अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र शरदसिंह भण्डारी अब आन्दोलनबाट उपलब्धि नहुने भन्ने पक्षमा छन्। यो सरकारलाई फकाएर आफ्ना माग पूरा गराउनुपर्ने पक्षमा उनीहरू छन् भने अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव सडक संघर्षबाटै माग पूरा गराउनुपर्ने पक्षमा छन्। तर पछिल्लो समय सबै नेता सडकबाटै आन्दोलन चर्काउनुपर्ने पक्षमा रहेको एक नेताले जानकारी दिए। ‘सरकारको धेरै बाटो हे¥यौँ।

 

सरकारले हाम्रो मागप्रति चासो देखाएन’, ती नेताले भने, ‘अब सबै नेताहरू सडकबाटै आन्दोलन चर्काउने मनस्थितिमा हुनुहुन्छ।’ आफूहरू सडकबाट आएका कारण सडकमै संघर्ष गर्ने जान सक्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव बताउँछन्। ‘हामी सडकबाटै आएका हौँ’, उनले भने,‘त्यो हाम्रो नैसर्गिक अधिकार पनि हो।’ तर सरकारको गतिविधिलाई केही दिन नियालेर राजपाले निर्णय लिने उनले बताए। सहकार्यका लागि कांग्रेससँग छलफल सरकारको गलत गतिविधिको विरोधका लागि छलफल गर्न राजपालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले औपचारिक रूपमा बोलाएको थियो।

 

संसदमा कांग्रेस र राजपा एक भएर सरकारको गतिविधिमाथि खबरदारी गर्न कांग्रेसले राजपालाई आग्रह गरेको थियो कांग्रेसको औपचारिक निमन्त्रणापछि राजपाका केही नेता छलफलका लागि गएका थिए। तर सहमति भएन। राजपा र कांग्रेसको तत्काल सहकार्य सम्भव नभएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव बताउँछन्। ‘कांग्रेसले सत्ता नपाएकाले विरोध गरेको हो। हामीले पहिल्यैदेखि संविधान संशोकनको माग गर्दै आएका छौँ’, उनले भने, ‘तत्काल कांग्रेसँग सहकार्य हुँदैन। तर कांग्रेसले हाम्रो मुद्दामा साथ दियो र सरकारले यस्तै गरिह्यो भने यो पनि संभव छ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति