डेन्जर जोनमा परेका लालबाबुलाई अर्को झट्का, गैरआवासीय नेपालीले मागे राजीनामा



 

कर्मचारीको व्यवस्थापन गर्न नसकेर डेन्जर जोनमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई अर्को झट्का लागेको छ । गैरआवासीय नेपालीले मन्त्रि पण्डितको राजीनामा पनि मागेका छ ।

 

मन्त्रि पण्डितले गैरआवासीय नेपालीप्रति देखाएको व्यवहार ठिक नभएको पुष्टि भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपमा एनआरएनएको क्षेत्रीय वैठकलाई सम्बोधन गर्दै सरकारको तर्फबाट माफी मागेसँगै मन्त्रिपण्डितलाई झट्का लागेको हो । लग्जेम्बर्गमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पण्डितले विदेशमा बस्ने नेपालीप्रति गरेको व्यवहारप्रति क्षमा मागेका छन् ।

 

उनले भने, ‘गैर आवासीय नेपालीको भूमिका र पहिचान संविधानतः व्यवस्था गरिएको छ । राज्यको निर्देशक सिन्द्धान्तमा निकै लामो छलफलपछि यो प्रावधान राखिएको हो । संविधानले प्रत्याभूत गरेको व्यवस्था कटौती हुन्छकी भन्ने चिन्ताबाट मुक्त हुन तपाईहरुलाई अनुरोध गर्दछु ।’

 

उनले कसैको नाम नलिई घुमाउरो भाषामा भने, ‘व्यक्तिगत रुपमा कोही जिम्मेवार साथीहरुको भनाईबाट तपाईहरुको चित्त दुखेको छ भने म सरी भन्न चाहन्छु ।’ तर, नेपाल सरकारको आधिकारिक धारणा विकासको साझेदारको रुपमा तपाईहरुलाई अघि बढाउने हो, तपाईहरु हर हमेसा चाहिन्छ, भन्ने हो ।

 

मन्त्री पण्डित अघिल्लो पटक मन्त्री हुँदा ग्रिनकार्ड र पिआरधारीहरु गैरआवासीय नेपालीलाई निकै चोट पुग्ने गरेर अभिव्यक्ति दिन्थे । उनले ग्रिनकार्ड र पिआरधारीहरु कहिल्यै नेपाली हुन नसक्ने र उनीहरुलाई नेपालको बारेमा बोल्ने तथा सोच्ने अधिकार नभएको तर्क गर्दै आएका छन् ।

 

उनीबाट निकै अपेक्षा गरेको भएपनि अहिले उनले काम गर्न नसकेको भन्दै सरकारभित्रै आलोचना भईरहेको छ । उनलाई सरकारले डेन्जर जोनमा राखेको खबर समेत आएको छ । उनले कर्मचारीको सरुवा, बढुवा र व्यवस्थापन समेत गर्न नसकेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट छन् ।

 

यस्तै, मन्त्री पण्डितले प्रशासन सुधारमा ध्यान नदिएको र मन्त्रालयको काममा भन्दा जिल्ला भ्रमणमा केन्द्रित भएको आरोप छ । सरुवामा आर्थिक लेनदेनको आरोप लागेपछि उनले स्वकीय सचिव ओसिम आलमलाई जिम्मेवारीबाट हटाए । तर, उनको व्यक्तिगत अंकमा भने पटक्कै सुधार आएन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति