एसएलसीकै प्रमाणपत्र नक्कली भेटेपछि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी राजीनामा दिने मुडमा



 

प्रधानन्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका दीपकराज जोशीका विरुद्ध गम्भीर प्रकृतिका उजुरीहरुका बारेमा संसदीय सुनुवाई विशेष समितिले चासोका साथ हेरिरहेको बेला उनको एसएलसीकै नक्कली प्रमाणपत्र सार्वजनिक भएको छ ।

 

एसएलसीकै नक्कली प्रमाणपत्र भेटेपछि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी राजीनामा दिने मुडमा रहेको बिषेश स्रोतको दाबी छ ।

 

भावी प्रधानन्यायाधीश जोशीको एसएलसीको प्रमाणपत्र नै नक्कली भएको बिषय सार्वजनिक भएपछि पनि सुनुवाई समितिले अनुमोदन गर्ने तयारी गरेको छ । आइतबार बिहान ८ बजेट सुुनुवाईका लागि समय तोकिएकोमा स्थगित भएको छ । पुनः सोमबारका लागि सुनुवाइ गर्ने समय सारिएको छ । यस्ता विवादास्पद ब्यक्तिलाई प्रधानन्यायाधीशलाई लालमोहर लगाएर अनुमोदन नगर्न सामाजिक संजालहरुमा पनि ब्यापक दबाब परेको छ ।

 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा अधिवक्तासमेत रहेका बरिष्ठ पत्रकार शिव गाउँलेले ट्वीटरमा लेख्छन्–‘कामु प्रधानन्यायाधीश दीपकराज जोशीमाथिको संसदीय सुनुवाई मामिलामा जनताले ‘तीन महले’ थाहा पाउनुपर्छ । उनीमाथि लागेको अभियोग, जोशीले दिएको जवाफ र समितिले गरेको निर्णयको निर्णयाधार ।

 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बिष्णु रिजालले ट्वीटरमा लेखेका छन्–‘प्रधानन्यायाधीश बन्न विवादित, जन्ममिति सच्याएको, नक्कली प्रमाणपत्र भएको, राष्ट्रलाई अर्बौं घाटा गराएको नै हुनुपर्छ र ? हुनुपर्छ भने संविधानमै लेखौं, टन्टै साफ !’

 

पत्रकार रामबहादुर रावलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘आफूमाथिका गम्भीर आरोप खण्डन गर्ने सामथ्र्य नभए प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी राजीनामा दिएर बाहिरिनु बुद्धिमानी हुनेछ । दोस्रो गोपाल पराजुली बन्नुभन्दा यो बाटो सुरक्षित पनि छ । केही दिनको पदको लोभले बचेखुचेको इज्जत थप छरपस्ट नहोस् । पद र संंस्थाले थप क्षति नबेहोरोस् ।’

 

संसदीय सुनुवाई विशेष समितिले दुई तिहाईले प्रधानन्यायाधीशको सिफारिस अस्वीकृत गर्न सक्छ । तर सुनुवाई समितिमा जसरी पनि यस्ता विवादास्पद न्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको छ । सुनुवाई समितिमा नेकपाका ९ जना, कांग्रेसबाट ४ जना, राजपाबाट एक र फोरमबाट १ जना सांसद रहेका छन् । नेकपालाई दुई तिहाई बहुमतका लागि १ जना पुग्दैन ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति