पाइलट नै रक्सीले मातेपछि दुवई जाने यात्रु अलपत्र, फ्लाइट क्यान्सिल



 

पाइलटले नै रक्सी खाएको खुलेपछि आइतबार बिहान दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाज काठमाडौंमै रोकिएको छ ।

 

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले एक जना पाइलटको शारीरिक अवस्था अस्वाभाविक देखिएको गुनासो आएपछि उनको मेडिकल गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएका छन् । विमानस्थल प्रशासनले ती पाइलटको ठाउँमा अर्को पाइलट आउनु पर्ने बताएपछि बिहान ९ः४० बजे दुबई उड्नु पर्ने फ्लाइट नम्बर एफजेड ५७६ को जहाज विमानस्थलमै रोकिएको छ ।

 

फ्लाई दुबईले चालक दलमा अर्को सदस्य आउने बताए पनि उडान कतिबेला हुन्छ भन्ने खुलाएको छैन । जहाज नउडेपछि विमानस्थल पुगेका यात्रुहरू बिहानदेखि कुरिरहेका छन् । जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति