पाइलट नै रक्सीले मातेपछि दुवई जाने यात्रु अलपत्र, फ्लाइट क्यान्सिल



हाम्रो इकोनोमि

 

पाइलटले नै रक्सी खाएको खुलेपछि आइतबार बिहान दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाज काठमाडौंमै रोकिएको छ ।

 

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले एक जना पाइलटको शारीरिक अवस्था अस्वाभाविक देखिएको गुनासो आएपछि उनको मेडिकल गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएका छन् । विमानस्थल प्रशासनले ती पाइलटको ठाउँमा अर्को पाइलट आउनु पर्ने बताएपछि बिहान ९ः४० बजे दुबई उड्नु पर्ने फ्लाइट नम्बर एफजेड ५७६ को जहाज विमानस्थलमै रोकिएको छ ।

 

फ्लाई दुबईले चालक दलमा अर्को सदस्य आउने बताए पनि उडान कतिबेला हुन्छ भन्ने खुलाएको छैन । जहाज नउडेपछि विमानस्थल पुगेका यात्रुहरू बिहानदेखि कुरिरहेका छन् । जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...