बलात्कार गर्ने सशस्त्र प्रहरीका दुई जवान पक्राउ, प्रेमीकै सहयोगमा भयो यस्तो काण्ड



हाम्रो इकोनोमि

 

राजधानीको कलंकीमा एक युवती बलात्कृत भएकी छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ ।

 

पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत थिए ।

 

घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले अनलाइनखबरलाई बताए ।

 

विछोडको एक वर्षपछि भेटिएका प्रेमी-प्रेमिका

पोखरेल दुई वर्षअघि एक युवतीसँग प्रेममा थिए । तर, उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन । पोखरेलको गतिविधिप्रति शंका लागेपछि ‘प्रेमिका’ विस्तारै टाढिएइन् ।

 

‘भन्डै एक वर्षपछि फेसबुकमा साथी बन्यो’ पीडित युवतीले प्रहरीलाई प्रारम्भिक बयानमा भनेकी छन्, ‘म सुधि्रएँ, जागिर पनि छाडेँ । होटल सञ्चालन गर्दैछु भन्यो ।’

 

पोखरेलले बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा आउन आग्रह गरे । ‘होला त नि भनेर भेट्न गएँ । तर, त्यहाँ नसोचेको…’, युवतीले भनेकी छन् ।

 

उनीहरुले खानपिन गरे । त्यो होटलले पोखरेलले सञ्चालन गरेका थिएनन्, उनी अर्कै योजनामा थिए । त्यसका लागि दुई वटा कोठासमेत बुक गरेका थिए ।

 

‘एउटै कोठामा बसेर खाइरहेका थियौं । घरी ऊसँग बस्ने गर है भनेर बाहिर निस्किन्थ्यो । घरी के गथ्र्यों’, पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘तर, त्यतिवेला मैले मानिन । उसँगै निस्किएको थिएँ ।’

 

रात छिप्पिँदै गएपछि प्रसाईं निन्द्रा लाग्यो भन्दै एउटै कोठामा सुते । दुई वटा खाट कोठामा भएकाले ‘एउटामा हामी, अर्कोमा ऊ सुतोस्’ भनेर पोखरेलले भनेछन् ।

 

युवती मान्दिनन् । उनी अर्को कोठामा जान्छिन् । पोखरेलले उनलाई पछ्याए र अन्तिम पटक भन्दै रक्सी खुवाए । ‘अर्को केटाले बेइमान गर्न सक्छ भनेर युवती आफैंले चुकुलसमेत लगाएकी रैछिन्’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

 

‘प्रहरीलाई फोन गर्न खोज्दा मोबाइल फुटाइदिए’

पीडित युवतीका अनुसार राति ४ बजेतिर ब्यूँझदा उनलाई असहज महसुस भयो । उनीसँग प्रेमी होइन, उनका साथी थिए । ‘केही गलत हर्कत गर्न खोजेको जस्तो लाग्यो । मान्छे पनि मोटो थियो’ उनले भनेकी छन्, ‘म अर्धनग्न थिएँ ।’

 

‘प्रेमी’का साथी कतिबेला र कसरी आफ्नो कोठामा आइपुगे भन्ने थाहा नभएको उनले बताएकी छन् । यसबारे पोखरेललाई भन्दा उल्टै सम्झाउन खोजको उनको भनाइ छ ।

त्यसपछि युवतीले प्रहरीलाई फोन गर्ने बताइन् । तर, प्रेमीले मोबाइल फुटाइदिए ।

विहान उनीहरुसँग छुटि्टएर युवतीले प्रहरीसमक्ष जाहेरी दिइन्, त्यसै आधारमा दुवै पक्राउ परेका छन् ।

 

प्रहरीले उनीहरुको कोठाबाट कण्डम र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...