डा. गोविन्द केसी हत्यारा हुन्, कारवाही गर्नुपर्छ : नेकपा सांसद चौधरी



हाम्रो इकोनोमि

 

सत्तारुढ दलकी सांसद गंगा चौधरी सत्गौवाले प्रध्यापक डा. गोविन्द केसी हत्यारा भएकाले उनलाई कारवाही गर्नुपर्ने बताएकी छन् ।

 

आइतबार चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. गोविन्द केसीको अनसनका कारण धेरै मान्छेले ज्यान गुमाएको भन्दै उनलाई कारवाही गर्न माग गरेकी हुन् ।

 

उनले डा. गोविन्द केसीको अनसले गर्दा दाङकै गोविन्द चौधरीको मृत्यु भएको उदाहरण पेश गरिन् । भनिन् ‘टिचिङले भर्ना नलिँदा उनको मृत्यु भयो । यसको जिम्मा कसले लिन्छ ? काङग्रेसले लिन्छ कि गोविन्द केसीले ? त्यसकारण गोविन्द केसी हत्यारा हुन् उनलाई कारवाही गर्ने कि नगर्ने ?’

 

‘चिकित्सा शिक्षा विधेयक ल्याउन ढिलो भयो, फेरि पनि विधेयकका विषयलाई लिएर आँखामा छारो हाल्ने काम भयो । १० बर्षसम्म डेण्टल मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने भयो भने गरिबका छोराछोरीले के गर्ने ?,’ उनले प्रश्न गरिन् ।

 

सांसद चौधरीले मुलुक संघीययतमा गइसकेपछि यसबारे केन्द्र सरकारले नभई प्रदेश सरकारलाई नै निर्णय गर्न दिनुपर्ने पनि बताइन् ।

संसदमा दोस्रो पटक दर्ता भएको चिकित्सा शिक्षा विधेयकको संसदमा आजबाट सैद्धान्तिक छलफल सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...