इण्डोनेशियामा शक्तिशाली भुकम्प, १० को मृत्यु कयौं घाइते



हाम्रो इकोनोमि

 

इण्डोनेशियाको लोम्बक टापुमा ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन् ।

 

मानिसहरू सुतिरहेका बेला विहानै शक्तिशाली भुकम्प गएको हो । कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएका छन्। भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ। घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए। भूकम्पपछि कम्तीमा ६० वटा परकम्पहरू गएको अधिकारीहरूले बताएका छन्। नजिकैको बाली टापुमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो।

 

बाली जस्तै लोम्बक पनि लोकप्रिय पर्यटकीय स्थल हो। अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार मटाराम शहरदेखि ५० किलोमिटर उत्तर—पूर्वमा भूकम्पको केन्द्रविन्दु थियो।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...