एनजिओ आइएनजिओको गयो दिन,जथाभावी युरो र डलर भित्र्याउन नदिने ओली सरकारको घोषणा



 

सरकारले नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र गैरसरकारी संस्था (एनजिओ) माथि लगाम लगाउने भएको छ । दाताबाट विनाउद्देश्य रकम ल्याएर मुलुकमा सामाजिक सद्भाव भड्काउने काममा लागेको तथ्यको आधारमा अब एनजिओ र आइएनजिओमाथि लगाम लगाउने तयारी सरकारले गरेको हो ।

 

नेपालमा सञ्चालित आइएनजिओ र एनजिओहरूले आफूखुसी सोझै विदेशी रकम लिएर धर्म प्रचार, जातीय सद्भावविरोधी कामसमेत गरेको पाइएपछि सरकारले एकद्वार प्रणालीबाट मात्रै रुकम आउने कानुनी व्यवस्थासहितको गृहकार्य अघि बढाइरहेको छ । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले एनजिओ–आइएनजिओलाई नियमन गर्न कानुनको मस्यौदा बनिसकेको जानकारी राजीनामाकै क्रममा दिएका थिए । एकद्वार प्रणालीबाट विदेशी पैसा भित्र्याउने आफ्नो कामकै कारण अभिव्यक्ति तोडमोड गर्दै एनजिओकर्मीले आफ्नो बदनाम गराएको अभिव्यक्तिसमेत उनले दिएका थिए ।

 

तामाङ नरहे पनि सरकारले अब आफूखुसी पैसा ल्याउने छुट नदिने नीतिलाई अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनजिओ–आइएनजिओमाथि कडा नीति अख्तियार गर्दै उद्देश्य प्रस्ट नभएको र बैंकभन्दा बाहिरी च्यानलबाट युरो–डलर भित्रन नदिने प्रस्ट पारेका हुन् ।

 

‘अब मुलुकमा गलत उद्देश्यबाट निर्देशित पैसा भित्रन दिइँदैन,’ तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट इन्जिनियर संगठनको एकता घोषणामा बोल्दै शनिबार प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीको संकेतअनुसार पछिल्लो समय नेपालमा गलत उद्देश्यसहित निर्देशन दिएर सामाजिक सद्भाव बिथोल्न दाताको रकम आइरहेको पाइएको छ ।

 

‘गलत उद्देश्यका साथ गलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन, नेपाल भित्रने पैसा अब बैंकमार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ, गलत उद्देश्यका पैसा भित्रन दिइन्न,’ प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारलाई जनताले देश अघि बढाउने अधिकारसहितको अभिभारा सुम्पिएकाले त्यसबाट दायाँबायाँ नगर्ने पनि उनले बताए ।

 

जनतामा आत्मविश्वासभन्दा एनजिओ–आइएनजिओले अफबाह फैलाइरहेकोतर्फ पनि उनले संकेत गरे । केही समयअघि अमेरिकी फन्डिङमा पाँचतारे होटलमा बैठक गरी सरकार अधिनायकवादी भयो भन्ने निष्कर्ष निकालेर आन्दोलन चर्काउने काम भएकोतर्फ प्रधानमन्त्री ओलीको संकेत थियो ।

अब युरो–डलरको भ्रममा पर्ने होइन, जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ,’ उनले भने । सरकारले केही महिनाअघि एनजिओ–आइएनजिओमा कार्यरत सबैको सम्पत्ति विवरण भर्न लगाउने नीति लिएपछि एनजिओकर्मीले विरोधमा ठूलै दबाब दिएका थिए । विरोधपछि केही समय पछि हटेको सरकारले अब कानुनी व्यवस्था गरेर एनजिओ–आइएनजिओले सोझै पैसा ल्याउन नपाउने व्यवस्था गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट

हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार

    संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि

आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न हौसला प्रदान गरोस् : प्रधानमन्त्री

      प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण

एमाले अध्यक्ष केपी ओलीको जन्मथलो जाँदै प्रचण्ड

  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन्