यसरी तुहियो डाक्टर केसीलाई मर्न बाध्य बनाएर राजतन्त्र ब्युँताउने पूर्वराजाको सपना



 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई अनशनबाट मृत्युवरण गर्न बाध्य पारी मुलुकमा अराजकता मच्चाएर राजतन्त्र पुनःस्थापनासम्मको ग्य्रान्डडिजाइन बनाइएको तथ्य खुलेको छ । सरकार र डा. केसीबीच ९ बुँदे सहमति भई अनशन तोडिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहको विशेष योजनामा बनाइएको सो षड्यन्त्रको तथ्य खुलेको हो ।

 

स्रोतका अनुसार पूर्वराजाको सक्रियता र मुलुकमा अराजकता मच्चाएर कम्युनिस्ट सरकार विस्थापन गरी राजतन्त्र पुनःस्थापनाको योजनाको सूचना सरकारले समेत पाएको थियो । अघिल्लो दिन नै सहमति भए पनि भड्काउने योजनासमेत पूर्वराजाकै डिजाइनमा गरिएको स्रोतको दाबी छ ।

 

स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा सुधारको माग राखेर १५औँ अनशन बसेका डा. केसीलाई जुम्लाबाट काठमाडौं आउनै नदिई सकेसम्म उतै मृत्युवरण गर्न बाध्य बनाउने योजनाबारे जानकारी पाएपछि सरकारले सेनाको हेलिकोप्टर पठाएर केसीलाई काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालमा राखेको थियो ।

 

त्यसपछि पनि डा. केसीलाई अनशन जारी राख्न लगाएर मृत्युवरण गर्न बाध्य बनाउने र सडकमा अराजकता मच्चाउने योजना बनेको थियो । डा. केसीको नाममा सडकमा अराजकता मच्चाउन पूर्वराजा ज्ञानेन्द्रले आफ्ना विश्वासपात्र होटल सोल्टीका प्रभाकरशमशेर राणा, सिद्धार्थ राणालाई कांग्रेस, विवेकशील साझा र पूर्वपञ्चहरूका तीन वटै राप्रपाका नेताहरूलाई आन्दोलन चर्काउन बैठकमा पठाएका थिए । ज्ञानेन्द्रको सोही निर्देशनअनुसार प्रभाकर र सिद्धार्थले कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइरालासँग चारपटक छुट्टाछुट्टै बैठक गरेका थिए ।

 

यसैगरी, राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपतिशमशेर जबरा, राप्रपा अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहितका नेताहरूसँग बैठक गरेको स्रोतले बतायो । प्रभाकरशमशेरले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष रामचन्द्र राय र केन्द्रीय सदस्य जगत गौचनसहित केही नेतासँग निरन्तर बैठक गरेका र राजतन्त्र फर्किन्छ भन्ने निष्कर्षसहित तीन वटै राप्रपाका नेताहरूलाई लबिङमा लगाएको स्रोतले बतायो ।

 

बैठकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले त ‘अब राजतन्त्र फर्किन्छ, फर्किन्छ, १० वर्ष सहियो, अब सहिन्न, राम्रो अस्त्र फेला प¥यो’ भन्दै सबैलाई आन्दोलन चर्काउने, भड्काउने र डा. केसीलाई अनशन तोड्नै हुन्न भनेर दबाब दिने गरी काम अघि बढाउनुपर्ने बताएका थिए । ‘डा. केसीको अनशन जारी राख्न लगाएर आन्दोलन चर्काउनोस्, तीन वटै राप्रपाले साथ र सहयोग गर्छन्,’ कांग्रेस तथा पूर्वपञ्चहरूसँगको प्रभाकरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

 

स्रोतका अनुसार जति पैसा चाहिए पनि उपलब्ध गराउने भन्दै सडकमा बितन्डा मच्चाउन औपचारिक प्रस्ताव प्रभाकरले गरेका थिए । ‘आन्दोलनमा पैसाको चिन्ता नगर्नाेस्, जति चाहिए पनि पैसाको बम–ब्लाडिङ हुन्छ,’ स्रोतका अनुसार पूर्वराजाको सन्देश भन्दै प्रभाकरले कांग्रेस सभापति देउवासहित सबै नेतासँग भनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गरी अराजकता मच्चाएर राजसंस्था पुनःस्थापना गर्ने एक मात्र लक्ष्यका साथ योजना बनाइएको थियो ।

 

सोही योजनाअनुसार त्रिवि शिक्षण अस्पतालमा गणतन्त्र मुर्दावादको नारा लागेको स्रोतको भनाइ छ । यो अभियानमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द निकै सक्रिय बनेको दाबीसमेत स्रोतको छ ।

 

‘डा. केसीको मृत्यु भएपछि भारत र अमेरिकालाई काठमाडौंमा उपस्थित गराएर कम्युनिस्ट सरकार विस्थापित गर्ने र राजसंस्था पुनःस्थापित गर्ने योजना थियो,’ स्रोतले भन्यो, ‘मुलुक र गणतन्त्रविरुद्ध ठूलै योजना थियो, यो ‘डिजाइन’ बुझेर डा. केसी र सरकारले समयमै निर्णय गरी सबै योजना तुहाएका छन्,’ राप्रपा प्रजातान्त्रिकका एक नेताले भने ।

 

उनका अनुसार पूर्वराजाले चालेको षड्यन्त्रको विषयमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई तत्कालै जानकारी गराइएको थियो । ‘डा. केसी मारेर गणतन्त्रविरुद्ध आन्दोलनको हतियार बनाउन खोजिँदै छ, तपाईंहरू अलिक सतर्क हुनोस्, नसोचेको घटना हुन सक्छ, भनेर हामीले भनेका थियौँ,’ पूर्वराजाले कांग्रेस, विवेकशील साझा र तीन वटै राप्रपाका नेताहरूसँग गराएको बैठकबारे जानकार ती नेताले भने, ‘डा. केसीको मुद्दामा सहयोग र समर्थनको नाममा उनलाई मार्ने र सरकारविरुद्ध जेहाद छेड्ने, जति पैसा चाहिए पनि पूर्वराजाले दिने प्रस्ताव थियो ।’

 

स्रोतका अनुसार डा. केसीको अनशनलाई हतियार बनाएर गणतन्त्र फाल्ने डिजाइनबारे पूर्वराजा ज्ञानेन्द्रले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई कन्भिन्स गर्ने जिम्मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले पाएका थिए । उनले अनशनकै वेला चारपटक आदित्यनाथसँग टेलिफोन वार्ता गरेको स्रोतको भनाइ छ ।

 

‘पूर्वपञ्चहरू निकै सक्रिय बने, कांग्रेसका नेताहरू पनि ओली सरकारविरुद्ध मसला पाइयो भन्दै पूर्वराजाको राजतन्त्र फर्काउने ग्य्रान्ड डिजाइनमा फसिसकेका थिए, समयमै सहमति बनेपछि सबै योजना तुहिएको हो,’ राप्रपाका ती नेताले भने ।

 

यसैबीच, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी र स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. अञ्जनीकुमार झाले स्वास्थ्य मन्त्रालयबाटै डा. केसीको नाममा आन्दोलन भड्काउने भूमिका निर्वाह गरेको पाइएको छ । स्रोतका अनुसार सडक आन्दोलन कसरी अराजक बनाउने भन्ने विषयमा स्वास्थ्य मन्त्रालय परिसरमै रहेको स्वास्थ्य अनुसन्धान परिषद्स्थित झाको कार्यकक्षमा बैठक हुने गरेको र सोही कार्यालयबाट सरकारविरुद्ध प्रचारको काम गर्ने गरिएको हो ।

 

स्वास्थ्य मन्त्रालयका सचिव चौधरी, सहसचिव मोहम्मद दाउद, उपसचिव भक्त जोशी, डा. झा र मन्त्रालयबाट केही समयअघि अवकाश पाएका डिजी ठाकुरले मन्त्रालयभित्रैबाट सरकारविरुद्ध अभियान चलाएका स्रोतको भनाइ छ । ‘मन्त्रालयको लगइन हेर्दा प्रस्ट हुन्छ, जति पनि सरकारविरुद्ध अभियान चल्यो, ती सबै स्वास्थ्य मन्त्रालयको लगइनबाटै भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । सौर्य दैनिक

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति