सुरु भयो हिमालय रोडिज २



हाम्रो इकोनोमि

हिमालय रोडिजको दोस्रो संस्करण श्रावण १४ गते सोमबारबाट हिमाल टेलिभिजनमार्फत प्रशारण हुने भएको छ ।

नेपाली युवापुस्ताहरुका लागी लक्षिते यस एड्भेन्चर रीयालीटी शोको प्रोमो प्रशारण समेत सार्वजनिक भैसकेको छ । उक्त प्रोमो युट्युवको ट्रेन्डिङमा समेत देखा परिसकेको छ ।

गत संस्करणकी विवादित जज दिया मास्के र प्रतिस्पर्धी बीचको घम्सा घम्सि प्रोमोमा देख्न सकिन्छ ।

हिमालय रोडिजका गत संस्करणका बिजेता समन श्रेष्ठ र अनिमेश शाही कार्यक्रम प्रश्तोता रहेको यस शोमा रेमनदास श्रेष्ठ, दिया मास्के र अशिष राना ‘लाउरे’ यस वर्ष पनि निर्णायकको भुमिकामा देखिने छन् ।

कुल अठार श्रृंखला प्रशारण हुने यस रीयालीटी शो मा पाँच श्रृंखला, पाँचओटा सहर :चितवन, बुटवल, पोखरा, इटहरी र काठमाण्डौमा अडिसन राउण्ड हुनेछ भने बाँकी १३ श्रृंखलामा जर्नी राउण्ड हुनेछ ।

सामाजमा सजिलै खुलेर बोल्न नसकिने विषयवस्तुुहरुलाई गत संंस्करण भन्दा यस संस्करणको अडिसन राउन्डमा अझै शशक्त ढंगले प्रश्तुुत गरीएको निर्देशक अमन प्रताप अधिकारीले बताएका छन् ।

हिमालय रोडिजको बिजेताले २० लाख रुपयाँसम्मको नगद र यामाहा एफ जेड्– २५० सीसी मोटर साइकल प्राप्त गर्नेछन् ।

हरेक साताको सोमबार साँझ आठ बजेदेखी हिमालय रोडिजको श्रृंखला हिमालय टेलीभिजनमा प्रशारण हुनेछ, साथै युट्युबमा पनि हिमालय रोडिजको च्यानलमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...