सुरु भयो हिमालय रोडिज २



हाम्रो इकोनोमि

हिमालय रोडिजको दोस्रो संस्करण श्रावण १४ गते सोमबारबाट हिमाल टेलिभिजनमार्फत प्रशारण हुने भएको छ ।

नेपाली युवापुस्ताहरुका लागी लक्षिते यस एड्भेन्चर रीयालीटी शोको प्रोमो प्रशारण समेत सार्वजनिक भैसकेको छ । उक्त प्रोमो युट्युवको ट्रेन्डिङमा समेत देखा परिसकेको छ ।

गत संस्करणकी विवादित जज दिया मास्के र प्रतिस्पर्धी बीचको घम्सा घम्सि प्रोमोमा देख्न सकिन्छ ।

हिमालय रोडिजका गत संस्करणका बिजेता समन श्रेष्ठ र अनिमेश शाही कार्यक्रम प्रश्तोता रहेको यस शोमा रेमनदास श्रेष्ठ, दिया मास्के र अशिष राना ‘लाउरे’ यस वर्ष पनि निर्णायकको भुमिकामा देखिने छन् ।

कुल अठार श्रृंखला प्रशारण हुने यस रीयालीटी शो मा पाँच श्रृंखला, पाँचओटा सहर :चितवन, बुटवल, पोखरा, इटहरी र काठमाण्डौमा अडिसन राउण्ड हुनेछ भने बाँकी १३ श्रृंखलामा जर्नी राउण्ड हुनेछ ।

सामाजमा सजिलै खुलेर बोल्न नसकिने विषयवस्तुुहरुलाई गत संंस्करण भन्दा यस संस्करणको अडिसन राउन्डमा अझै शशक्त ढंगले प्रश्तुुत गरीएको निर्देशक अमन प्रताप अधिकारीले बताएका छन् ।

हिमालय रोडिजको बिजेताले २० लाख रुपयाँसम्मको नगद र यामाहा एफ जेड्– २५० सीसी मोटर साइकल प्राप्त गर्नेछन् ।

हरेक साताको सोमबार साँझ आठ बजेदेखी हिमालय रोडिजको श्रृंखला हिमालय टेलीभिजनमा प्रशारण हुनेछ, साथै युट्युबमा पनि हिमालय रोडिजको च्यानलमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...