कामु प्रधानन्यायाधीश टेष्ट फेल, बिजय मेमोरियल स्कुलको टेष्ट पास गरेको प्रमाणपत्र खोई जोशीज्यू ?



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका दीपकराज जोशीका विरुद्ध गम्भीर प्रकृतिका उजुरीहरुका बारेमा संसदीय सुनुवाई विशेष समितिले चासोका साथ हेरिरहेको बेला उनको एसएलसीकै नक्कली प्रमाणपत्र सार्वजनिक भएको छ । उनले बिजय मेमोरियल स्कुलमा पैसा तिरेको रसिद सार्वजनिक गरेका छन् ।

 

उनले पेश गरेको प्रमाणपत्रमा २०२९ मा एउटै सिम्बोल नम्बर ३६६७ बाट दुई वटा स्कुल बिजय मेमोरियल र राष्ट्रिय विद्यापीठ बीरगंजबाट एसएलसी पास गरेको देखिन्छ । यो कसरी भयो ? उनले बिजय मेमोरियलबाट टेष्ट पास गरेको भनेर रसिद सार्वजनिक गरेका छन् । तर बिजय मेमोरियलबाट टेष्ट पास गरेको प्रमाणपत्र(मार्कसिट) सहित सार्वजनिक गर्न किन सकेका छैनन् ।

 

रसिद त २०२९ को होइन, अहिले प्रविधिका कारण २०२० को पनि छाप्न सकिन्छ । तर टेष्ट पास गरेको मार्कसिट उनले देखाउन किन सकेका छैनन् ? यो प्रश्नको जवाफ खोज्नुपर्ने भएको छ ।
भावी प्रधानन्यायाधीश जोशीको एसएलसीको प्रमाणपत्र नै नक्कली भएको बिषय सार्वजनिक भएपछि पनि सुनुवाई समितिले अनुमोदन गर्ने तयारी गरेको छ ।

 

आइतबार बिहान ८ बजेट सुुनुवाईका लागि समय तोकिएको छ ।
सुनुवाई समितिमा नेकपाका ९ जना, कांग्रेसबाट ४ जना, राजपाबाट एक र फोरमबाट १ जना सांसद रहेका छन् । नेकपालाई दुई तिहाई बहुमतका लागि १ जना पुग्दैन ।

संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन हुन सकेन

 

संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ । बैठक भोलि दिउँसो २ बजे बस्ने गरी स्थगित भएको समितिका सदस्य पार्वत गुरूङले जानकारी दिए । सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवाद बाहिर आएपछि रोकिएको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिमा अाज निर्णयार्थ पेशहुने कार्यसूची रहेकाे थियो । गुरूङका अनुसार अाज ११ बजे संसद बैठक समेत भएका कारण पर्याप्त छलफल गरेर निर्णय लिन भोलिका लागि बैठक सारिएको हो ।

 

बिहीबार भएको सुनुवाइमा जोशीले सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ दिएका थिएनन् । सत्तारूढ दलभित्र मतक्यै नभए जोशीको सिफारिस अस्वीकृत हुने सम्भावना उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...