नेपाली सेनाले विद्यार्थीलाई तीन महिने सैन्य तालिम, अब सबै नेपालीले तालिम लिनु पर्ने



 

सबै नेपालीले सैन्य तालिम लिनु पर्ने कुरा उठीरहेको बेला नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो । कहिलेकँही सदनमा पनि सबै नेपालीले सैन्य तालिम लिनु पर्ने कुरा उठदै आइको छ ।

 

मार्तडीमा विद्यार्थीका लागि तीन महिने सैन्य तालिम सञ्चालन गरिएको छ । आत्म सुरक्षा र राष्ट्र सेवाका लागि योग्य नागरिक तयार पार्न नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो । मार्तडीमा यो तालिम सञ्चालन भएको दोस्रो पटक हो ।

 

तालिममा मार्तडीमा रहेका चारवटा विद्यालयका ७२ जना विद्यार्थी सहभागि छन् । सदरमुकाम मार्तडी थापाथली स्थित समरजित गुल्मले सहजिकरण गर्ने गरी सञ्चालन गरिएको छ । राष्ट्रिय सेवा दल (एनसीसी) नामक तालिमबाट अनुशासित, वफादार र नेतृत्व बारे जानकारी गराईने भएको छ ।

 

तालिम देशभक्त स्वयम् सेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्यले सञ्चालन गरिएको समरजित गुल्मले बताएको छ । कक्षा ८ र ९ मा अध्ययनरत ७२ जना विद्यार्थीहरुलाई तीन महिनासम्म सँगै राखेर देश निर्माण, राष्ट्र सेवा र सुरक्षाका लागि नागरिक तयार पार्नु तालिमको उद्देश्य रहेको गुल्मपति विष्णु सापकोटाले बताए ।

 

पहिलो पटककै तालिमबाट राष्ट्रिय सेवा दल दलमा छनोट हुन सफल मालिका माविबाट ३६, क्रेटर जोन एकेडेमीबाट १२, कन्भर्र्स एकेडेमीबाट १२ र बडीमालिका बोर्डिङ स्कुलबाट १२ जना गरी ७२ जना तालिममा समावेश गरिएको छ ।

 

तालिम अवधीभर शारिरिक तालिम, ड्रिल, सैनिक कला, विपत व्यवस्थापनका विषयबारे जानकारी दिईने छ । वि।सं। २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै राष्ट्रिय अनुशासन, नेतृत्व, भातृत्व, राष्ट्रिय एकताको भावना, आत्म विश्वास एवं निस्वार्थ सेवाभाव रहेको र युवा जनशक्तिको विकास गर्ने उदेश्यले नेपाली सेनाको सहकार्यमा प्रशिक्षण दिदै आएको नेपाली सेनाले बताएको छ ।

 

राष्ट्रिय सेवा दल (एनसीसी) नेपालले सञ्चालन गरेको ४५ औं व्याचको तालिमको समरजित गुल्मले सुभारम्भ गरेको हो । पढाईलाई प्रभाव नपार्ने गरी विद्यालयको सिफारिस र अभिभावकको अनुमति प्राप्त विद्यार्थीलाई मात्र तालिम दिने गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले जिल्लामा विपद व्यवस्थापन र  जोखिम न्यनिकरण गर्न योग्य र तालिम प्राप्त जनशक्तिले ठुलो भुमिका खेल्ने विश्वास लिएका छन् ।

 

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले यस तालिमबाट यसै जिल्लाका बालबालिकाको भविष्य उज्ज्वल हुने भएकाले ईमानदारी पुर्वक अनुसासीत भएर तालिम सिक्न विद्यार्थीहरूलाई अनुरोध गरेका छन् ।

 

कार्यक्रममा मालिका माविका प्राचार्य शुभराज पाध्यायले यो राष्ट्रिय सेवा दल (एनसीसी) तालिमले विद्यालयका युवा वर्गमा व्यक्तित्व विकास र शारीरिक अभिवृद्धि हुने र  विद्यार्थीहरूको निकट भविष्यमा ठुलो सहयोग पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति