आइएमइ समूहको लगानीमा मौलाकालिकामा केवलकार , १ वर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य



हाम्रो इकोनोमि

 

नेपालकै प्रख्यात एवं चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ ।

 

पूर्वी नवलपरासी गैंँडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको हो । सो समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको छ । मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याकंन (इआइए) सम्बन्ध कार्य अन्तिमचरणमा पुगेको आइएमइ समूहका जनसम्पर्क व्यवस्थापन विभागका प्रमुख राजु पौडेलले जानकारी दिनुभयो ।

 

करीब रु एक अर्बको लगानीमा निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने व्यवस्था छ ।

 

पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बिचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरी स्थापना गर्न लागिएको केवलकारले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको प्रमुख पौडेलले बताउनुभयो ।

 

गैँंडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरी मौलाकाली केवलकार प्रालि दर्ता नै गरेर आइएमइ गु्रपले केवुलकार निमार्णका लागि अन्य प्राविधिक तयारी गरेको छ ।

 

सो कम्पनीले मौलाकाली मन्दिर परिसरमा प्रस्तावित मौलाकाली केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन इआइए सम्बन्धी स्थानीयवासीसँग केवलकार निमार्ण र त्यसको प्रभावको विषयमा छलफल स
केवलकार स्थापनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने गैँडकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताउनुभयो ।
मेत गरिसकेको छ ।

 

सरकारी स्तरबाट सम्पूर्ण प्रक्रिया पूरा भएपछि निमार्ण कार्य शुरु गरी एक वर्षभित्रै सम्पन्न हुने लक्ष्य सो समूूहको छ । नगरभित्र रहेका ३६ वटा धार्मिक संघ संस्थालाई समेटेर धार्मिक पर्यटकीय नगर विकासको योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

 

यो केवलकार आयोजनाले नगरपालिकाको विकासमा पनि ठूलो सहयोग पुग्ने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो ।

 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले अहिले नै वार्षिक पाँच÷सात लाख पर्यटक देवघाटधाममा आइरहेको अवस्थामा गैँडाकोटबाट मौलाकालिका र मौलाकालिकाबाट देवघाट जोड्न सके र बेनी संगममा त्रिकोणात्मक पुल बनेपछि वर्षेनी २० लाख पर्यटक आउन सक्ने धारणा व्यक्त गर्नुभयो ।

 

मौलाकालिका मन्दिरमा दर्शनका लागि आन्तरिक र बाह्य गरी वार्षिक करीब १० लाख पर्यटक आउने गरेको अनुमान छ । केवलकार स्थापनासँगै सो संख्यामा निकै वृद्धि हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...