त्रिशूली बस दुर्घटनाः सात जनाको मृत्यु, ५ गम्भीर घाइते (अपडेट)



हाम्रो इकोनोमि

 

इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।

 

घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ । अहिले घट्नास्थलमा प्रहरीले उद्धार जारी राखेको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशूलीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...