पारस शाहको छोरा, ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र राजा हुने ज्योतिषको दावि



हाम्रो इकोनोमि

 

तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर भनेका थिए– राजतन्त्रका नाममा ‘बेबी किङ’ हुन सक्छ । भर्खरै जनआन्दोलन सम्पन्न गरी लोकतन्त्र घोषणा भएका बेला राष्ट्रप्रमुखकै हैसियतमा रहेका कोइरालाको वक्तव्यको तिव्र आलोचना भयो । यहाँसम्मकी वात्स्यायनले ‘सिनो राजतन्त्र’ बोकेको कार्टुन बनाए जसले निक्कै चर्चा र बहस सृजना गरेको थियो ।

 

कोइरालाले संकेत गरेका ‘बेबी किङ’ हुन् पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र । कोइरालाको उक्त घोषणाताका हृदयेन्द्र ३ वर्षका थिए । तर, अहिले जवान भइसकेका छन् । आउने साउनदेखि नागरिकता लिने उमेरमा पुगेका हृदयेन्द्रको गत वर्ष ब्रतबन्ध गरिएको थियो । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी पनि आशिश दिन पुगेकी थिइन् ।

 

हृदयेन्द्र माध्यमिक तहको शिक्षा आर्जन गरिरहेका छन् । बेलामौका अभिभावकसँग विभिन्न शक्तिपिठ धाउने भइसकेका छन् । केही महिनाअघि मात्र आमा हिमानी शाहसँग उनी गोरखाको मन्दिर दर्शनका लागि पुगेका थिए । त्यसपछि हजुरबुवा ज्ञानेन्द्रसँगै पश्चिम नेपाल भ्रमणमा समेत पुगेका थिए । पारसपुत्र हृदयेन्द्र बाहिर निस्कँदा प्रायः कमिज सुरूवाल र नेपाली टोपीमा देखा पर्छन् । ‘उहाँमा दरबारभित्रको रहनसहन छ ।

 

दरबारले सिकाएको अनुशासनमा रहने गर्नुभएको छ’, निर्मल निवास स्रोतले भन्यो,‘मठमन्दिर भ्रमण पुजाआजामा धेरै रूची राख्नुहुन्छ । समाजसेवामा पनि लगनशिलता देखाउने बानी छ ।’

 

प्रायः बाहिर ननिस्कने उनी मिडियाको नजरमा खास समयमा मात्र पर्ने गरेका छन् । उनको मठमन्दिर धाउने बानीको प्रमाण हो, ब्रतबन्ध सम्पन्नपछि जिद्दि गरेर पुगेको– बसन्तपुरको अशोकविनायको मन्दिर । उनको एकल जिद्दिले त्यहाँ पुगेका थिए । गत वर्षको १७ चैतमा उनको ब्रतबन्ध भएको थियो ।

धर्ममा रूची राख्ने हृदयेन्द्रका विषयमा विभिन्न ज्योतिषहरूले बलियो कुन्डली सार्वजनिक गरेका छन् ।

 

ज्योतिष पण्डित पद्मभक्त खरेलका अनुसार कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोग छ । अर्थात्, राज्यको उपल्लो निकायमा उनी बस्नुपर्ने देखिन्छ । हृदयेन्द्र विस २०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२ बजेर ४९ मिनेटमा जन्मिएका थिए । ‘कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ बुधादित्यका कारण राज योगमा जन्म भएको छ’, खरेलले भनेका छन्,‘राजा हुने योग छ । यो शास्त्रीय प्रमाणको आधार हो ।’

 

चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि प¥यो भने धनवानको योग समेत ल्याएका हृदयेन्द्रको जन्मलग्न कुण्डली अनुसार छैठौं भावमा कृष्णापक्षको दिनको चन्द्रमा रहेकाले सबै अनिष्ठ नाश हुने शास्त्रीय प्रमाण रहेको खरेल बताउँछन् । ‘चन्द्रमा बसेको घर मीन राशि हो ।

 

मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा योगले राजा नभई छोड्ने छैनन् भन्छ’, खरेलले भनेका छन् ।हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरे । पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो ।

 

 

‘पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ६ ग्रह लिएर जन्मिबक्सेकाले त्यो प्रबज्या योगले पुरूषार्थ गरेर देखायो । यस्तै हृदयेन्द्रकोे हकमा पनि लागू हुने देखिन्छ ।’, उनले भनेका छन्,‘ प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरूष राष्ट्र निर्माता किन भए त भन्दा जन्मलग्न कुण्डलीको ६ ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गए ।’

 

उनले अघि थपेका छन्,‘हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशमभाव केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हँुदा सबै अरिष्टहरू नाश भएका छन् । दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन् । दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई सुरवीर गराउँछ ।’

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...