“अपडेट” : त्रिशुली नदिमा बस खस्दा ५ जनाको मृत्यृ, २५ घाइते



हाम्रो इकोनोमि

 

चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो ।

सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइतेको उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो ।

घाइते एक बच्चासहित अन्य केहीको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेका सबैको उद्धार गरिसकिएको राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...