चितवनको चुम्लिङटार त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु,दर्जनौ घाइते



हाम्रो इकोनोमि

 

काठमाडौंबाट पोखराका लागि हिडेको बस त्रिशुली नदीमा खसेको छ।

 

मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडि चुम्लिङटार बाट बस त्रिशुलीमा खसेको हो ।

 

बस खस्दा एक बच्चासहित तीनजनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् अहिले घाइतेको उद्धार कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसंग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते १८ जनालाई उद्धार गरि उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल खसेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...