जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी मान्य हुँदैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देश्न समेत दिएका छन् । उनले भने – ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने, नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो ।’ ‘शिर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’– उनले भने ।

 

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताएका छन् । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ । ’ प्रधानमन्त्री ओलीले भने ।

 

मन्त्रलाय विभाजनको बारेमा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ, त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।’

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...