सेनाको घोडा खरिदमा घोटाला, अनियमितताकाे उजुरी रक्षामन्त्रालयसम्म पुग्यो



हाम्रो इकोनोमि

 

नारायणहिटी संग्रहालय परिसरमा रहेको नेपाली सेनाको क्याप्लरी अर्थात् घोडा शाखामा घोडा खरिदका क्रममा अनियमितता भएको उजुरी रक्षामन्त्रालयसम्म पुगेको छ ।

 

थोरै संख्यामा घोडा खरिद गर्दा पनि अनियमितता भएकोले छानविन गरी दोषीउपर कारवाहीको माग गर्दै रक्षासम्म उजुरी पुगेको समाचारस्रोत बताउँछ । सो क्याप्लरीले घोडा खरिदका लागि केन्द्रीय लेखाबाट ११ लाख रूपैयाँ निकासा पाएको थियो ।

 

सुरुमा घोडा खरिदका लागि केही व्यवसायीलाई संयोजन गरे पनि अन्तमा सो क्याप्लरीका प्रमुखले सोझै घोडा खरिद गरी कमिसन खाएपछि यो विवाद रक्षा मन्त्रालयसम्म पुगेको बताइएको छ ।

 

भाले घोडाका लागि १ लाख ५० हजार र पोथी घोडाका लागि एक लाख ४० हजार रूपैयाँमा मुस्ताङका एक घोडा व्यापारीबाट घोडा खरिद गर्ने सहमति क्याप्लरीका प्रमुखले सोझै गरेका थिए । जबकि यसअघि ठेकेदारमार्फत् खरिद गर्ने भनी बजेट निकासा गराउँदासमेत ठेकेदारलाई प्रयोग गरेको स्रोत बताउँछ । भाले घोडाबाट ४५ हजार र पोथी घोडाबाट ४० हजार रूपैयाँका दरले कमिसन खाई घोडा खरिद गरेको भन्दै रक्षामा उजुरी परेको हो ।

 

क्याप्लरीमा यसअघि प्रमुख सेनानी महेशकुमार थापा थिए, उनी महासेनानी भएर गएका छन् भने मेजरका रूपमा कार्यरत रहेका विक्रमदेव थापा हाल बारामा सरुवा भएका छन् । यो घोडा खरिदमा भएको अनियमिततामा छानविनको माग गर्दै दोषीउपर कारवाहीको अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...