सेनाको घोडा खरिदमा घोटाला, अनियमितताकाे उजुरी रक्षामन्त्रालयसम्म पुग्यो



हाम्रो इकोनोमि

 

नारायणहिटी संग्रहालय परिसरमा रहेको नेपाली सेनाको क्याप्लरी अर्थात् घोडा शाखामा घोडा खरिदका क्रममा अनियमितता भएको उजुरी रक्षामन्त्रालयसम्म पुगेको छ ।

 

थोरै संख्यामा घोडा खरिद गर्दा पनि अनियमितता भएकोले छानविन गरी दोषीउपर कारवाहीको माग गर्दै रक्षासम्म उजुरी पुगेको समाचारस्रोत बताउँछ । सो क्याप्लरीले घोडा खरिदका लागि केन्द्रीय लेखाबाट ११ लाख रूपैयाँ निकासा पाएको थियो ।

 

सुरुमा घोडा खरिदका लागि केही व्यवसायीलाई संयोजन गरे पनि अन्तमा सो क्याप्लरीका प्रमुखले सोझै घोडा खरिद गरी कमिसन खाएपछि यो विवाद रक्षा मन्त्रालयसम्म पुगेको बताइएको छ ।

 

भाले घोडाका लागि १ लाख ५० हजार र पोथी घोडाका लागि एक लाख ४० हजार रूपैयाँमा मुस्ताङका एक घोडा व्यापारीबाट घोडा खरिद गर्ने सहमति क्याप्लरीका प्रमुखले सोझै गरेका थिए । जबकि यसअघि ठेकेदारमार्फत् खरिद गर्ने भनी बजेट निकासा गराउँदासमेत ठेकेदारलाई प्रयोग गरेको स्रोत बताउँछ । भाले घोडाबाट ४५ हजार र पोथी घोडाबाट ४० हजार रूपैयाँका दरले कमिसन खाई घोडा खरिद गरेको भन्दै रक्षामा उजुरी परेको हो ।

 

क्याप्लरीमा यसअघि प्रमुख सेनानी महेशकुमार थापा थिए, उनी महासेनानी भएर गएका छन् भने मेजरका रूपमा कार्यरत रहेका विक्रमदेव थापा हाल बारामा सरुवा भएका छन् । यो घोडा खरिदमा भएको अनियमिततामा छानविनको माग गर्दै दोषीउपर कारवाहीको अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...