‘फ्राइडे’ रिलिज– फेरि तीन चलचित्रको भिडन्त



हाम्रो इकोनोमि

 

नेपाली चलिचत्र बजारमा तीन वटा चलचित्र एकसाथ प्रदर्शनमा आउनु अब नौलो कुरा भएन । अघिल्ला केही हप्ता पनि तीन–चारवटा चलचित्र प्रर्दशन भैरहेका छन्, यसपटक पनि तीन नेपाली चलचित्रको घमासान युद्ध हुँदैछ । यो शुक्रवार अर्थात ११ गते सुकुलगुण्डा, चीँ मुसी चीँ र रोमियो एण्ड मुना प्रर्दशनमा आएका छन् ।

 

थोरै दर्शक र हल भएको नेपाली फिल्म बजारमा आधा दर्जनसम्म चलचित्र प्रर्दशनमा आएका छन्, जसको घाटा स्वयं चलचित्रलाई पर्ने गरेका छन् । यसरी अस्वस्थ प्रतिस्पर्धा हुँदा राम्रा चलचित्र चल्न सकेका छैनन भने दर्शक चारतिर हुँदा अधिकासं चलचित्र फ्लप हुन वाध्य छन् ।

 

जीवन लुईटेल अमेरिकामा भएपनि उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र सुकुलगुण्डा प्रर्दशनमा आएको छ, अन्य दुई चलचित्रसँग । खुस्वु खड्कास“ग चलचित्रमा लामो समयपछि देखिन लागेका जीवनलाई धेरै दर्शकले भुलिसके भने उनको यो चलचित्रको खासै प्रचास पनि छैन । खुस्वु खड्का फ्लप हिरोइनको रुपमा नेपाली चलचित्रमा रहेकी छिन् ।

 

रमेश वस्नेत र मुना मुडभरीले निर्माण गरेको यो चलचित्रलाई मधुसुधन भट्टराईले निर्देशन गरेका हुन् । यो चलचित्रको ट्रेलर अनुसार प्रेम र एक्सनमा सुकुलगुण्डा निर्माण भएको छ ।

 

दिनेश श्रेष्ठको निर्देशनमा सुशान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याल आदि कलाकारको अभिनय रहेको चलचित्र चि मुसी चिको सुकुलगुण्डाभन्दा बढी प्रचार छ ।

 

हालै निर्माण भएको यो चलचित्रका दृश्य ताजा छन् र कलाकारहरु अधिकासं नयाँ । ची मुसी ची शब्द सुनेर हरेकलाई आफ्नो बाल्यकालको सम्झना आउँन सक्छ । पछिल्ला केही हप्ता देशव्यापी रूपमा कन्सर्टको आयोजना गरेको यो चलचित्र झन्डै ७० वटा हलमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमको भनाइ छ ।

 

यो चलचित्र म्युजिकल थ्रिलर श्रेणीमा निर्माण भएको निर्देशक दिनेश श्रेष्ठ बताउ“छन् । श्रेष्ठका अनुसार यो चलचित्र सबै वर्गले हेर्न मिल्ने खालको छ । वासु न्यौपानेले खिचेको यो चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । यो चलचित्रमा द्वन्द्वसमेत समावेश भएको बताइन्छ । ८५ लाखको लगानीमा निर्माण भएको चलचित्र ची“ मुसी ची“ पोखरा, काठमाडौं, दमौली, बैंकक आदी स्थानमा खिचिएको छ ।

 

आजै प्रर्दशनमा आउने चलचित्र रोमियो एन्ड मुनाको प्रचार प्रसार पछिल्लो २ महिनादेखि व्यापक रुपमा छ । नरेशकुमार केसीको निर्देशनमा तयार भएको चलचित्रमा विनय श्रेष्ठ तथा सृष्टि श्रेष्ठको विशेष अभिनय छ । पूर्ण प्रेम कथामा आधारित यो चलचित्र थाइल्यान्ड तथा नेपालका आकर्षक स्थानमा खिचिएको छ । चलचित्रमा विनय र सृष्टिबीचको प्रेमलाई निकै आकर्षक ढगंले प्रस्तुत गरिएको निर्देशक के.सी बताउ“छन् ।

 

प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य तथा विनय मिलेर निर्माण गरेको चलचित्र रोमियो एन्ड मुनामा २ करोडभन्दा बढी लगानी भएको बताइन्छ । दिपांकर सिक्देल तथा बाबु श्रेष्ठले खिचेको चलचित्र रोमियो एन्ड मुनालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

 

अन्य चलचित्र भन्दा धेरै खर्चमा निर्माण भएको रोमियो एण्ड मुना तीन चलचित्र एकै पटक रिलिज हुँदा मारमा पर्ने देखिन्छ । ८० लाखको हाराहारी मात्रै खर्च गरिएको चि“ मुसी चि“ र धेरै वर्षअघि निर्माण सकिएको सुकुलगुण्डाको व्यापार के कस्तो हुने हो त्यो केही दिनमा स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...