‘फ्राइडे’ रिलिज– फेरि तीन चलचित्रको भिडन्त



हाम्रो इकोनोमि

 

नेपाली चलिचत्र बजारमा तीन वटा चलचित्र एकसाथ प्रदर्शनमा आउनु अब नौलो कुरा भएन । अघिल्ला केही हप्ता पनि तीन–चारवटा चलचित्र प्रर्दशन भैरहेका छन्, यसपटक पनि तीन नेपाली चलचित्रको घमासान युद्ध हुँदैछ । यो शुक्रवार अर्थात ११ गते सुकुलगुण्डा, चीँ मुसी चीँ र रोमियो एण्ड मुना प्रर्दशनमा आएका छन् ।

 

थोरै दर्शक र हल भएको नेपाली फिल्म बजारमा आधा दर्जनसम्म चलचित्र प्रर्दशनमा आएका छन्, जसको घाटा स्वयं चलचित्रलाई पर्ने गरेका छन् । यसरी अस्वस्थ प्रतिस्पर्धा हुँदा राम्रा चलचित्र चल्न सकेका छैनन भने दर्शक चारतिर हुँदा अधिकासं चलचित्र फ्लप हुन वाध्य छन् ।

 

जीवन लुईटेल अमेरिकामा भएपनि उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र सुकुलगुण्डा प्रर्दशनमा आएको छ, अन्य दुई चलचित्रसँग । खुस्वु खड्कास“ग चलचित्रमा लामो समयपछि देखिन लागेका जीवनलाई धेरै दर्शकले भुलिसके भने उनको यो चलचित्रको खासै प्रचास पनि छैन । खुस्वु खड्का फ्लप हिरोइनको रुपमा नेपाली चलचित्रमा रहेकी छिन् ।

 

रमेश वस्नेत र मुना मुडभरीले निर्माण गरेको यो चलचित्रलाई मधुसुधन भट्टराईले निर्देशन गरेका हुन् । यो चलचित्रको ट्रेलर अनुसार प्रेम र एक्सनमा सुकुलगुण्डा निर्माण भएको छ ।

 

दिनेश श्रेष्ठको निर्देशनमा सुशान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याल आदि कलाकारको अभिनय रहेको चलचित्र चि मुसी चिको सुकुलगुण्डाभन्दा बढी प्रचार छ ।

 

हालै निर्माण भएको यो चलचित्रका दृश्य ताजा छन् र कलाकारहरु अधिकासं नयाँ । ची मुसी ची शब्द सुनेर हरेकलाई आफ्नो बाल्यकालको सम्झना आउँन सक्छ । पछिल्ला केही हप्ता देशव्यापी रूपमा कन्सर्टको आयोजना गरेको यो चलचित्र झन्डै ७० वटा हलमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमको भनाइ छ ।

 

यो चलचित्र म्युजिकल थ्रिलर श्रेणीमा निर्माण भएको निर्देशक दिनेश श्रेष्ठ बताउ“छन् । श्रेष्ठका अनुसार यो चलचित्र सबै वर्गले हेर्न मिल्ने खालको छ । वासु न्यौपानेले खिचेको यो चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । यो चलचित्रमा द्वन्द्वसमेत समावेश भएको बताइन्छ । ८५ लाखको लगानीमा निर्माण भएको चलचित्र ची“ मुसी ची“ पोखरा, काठमाडौं, दमौली, बैंकक आदी स्थानमा खिचिएको छ ।

 

आजै प्रर्दशनमा आउने चलचित्र रोमियो एन्ड मुनाको प्रचार प्रसार पछिल्लो २ महिनादेखि व्यापक रुपमा छ । नरेशकुमार केसीको निर्देशनमा तयार भएको चलचित्रमा विनय श्रेष्ठ तथा सृष्टि श्रेष्ठको विशेष अभिनय छ । पूर्ण प्रेम कथामा आधारित यो चलचित्र थाइल्यान्ड तथा नेपालका आकर्षक स्थानमा खिचिएको छ । चलचित्रमा विनय र सृष्टिबीचको प्रेमलाई निकै आकर्षक ढगंले प्रस्तुत गरिएको निर्देशक के.सी बताउ“छन् ।

 

प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य तथा विनय मिलेर निर्माण गरेको चलचित्र रोमियो एन्ड मुनामा २ करोडभन्दा बढी लगानी भएको बताइन्छ । दिपांकर सिक्देल तथा बाबु श्रेष्ठले खिचेको चलचित्र रोमियो एन्ड मुनालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

 

अन्य चलचित्र भन्दा धेरै खर्चमा निर्माण भएको रोमियो एण्ड मुना तीन चलचित्र एकै पटक रिलिज हुँदा मारमा पर्ने देखिन्छ । ८० लाखको हाराहारी मात्रै खर्च गरिएको चि“ मुसी चि“ र धेरै वर्षअघि निर्माण सकिएको सुकुलगुण्डाको व्यापार के कस्तो हुने हो त्यो केही दिनमा स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...