अमेरिकालाई इरानको धम्की – हामी लड्न तयार छौँ



हाम्रो इकोनोमि

 

इरायिन स्पेस फोर्सका कमाण्डरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि आक्रमण गरे आफ्नो सबै उपलब्धिहरु गुमाउने चेतावनी दिएका छन् ।

 

इरानका मेजर जनरल क्वासाम सोलेइमानीले यदि ट्रम्पले युद्धको सुरुवात गरेको खण्डमा इस्लामिक मुलुकले अमेरिकालाई सिध्याइदिने चेतावनी दिएका हुन्। इरानियन समाचार एजेन्सीले दिएको जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि अमेरिकालाई धम्की दिन नसक्ने अवस्थामा पुर्‍याउने चेतावनी दिएसँगै इरानको तर्फबाट यस किसिमको धम्की आएको हो ।

 

सन् २०१५ मा इरानसँग भएको न्युक्लियर सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेसँगै दुई मुलुकहरुको बीचमा तनाव बढ्दै गएको हो। विहीबार इरानी सेनाका प्रमुखले एक सिपाहीको रुपमा अमेरिकाको चेतावनीको उचित उत्तर दिनु आफ्नो कर्तव्य रहेको पनि बताएका छन् ।

 

उनले ट्रम्पलाई संकेत गर्दै आफूसँग आएर कुरा गर्नको लागि चेतावनी दिए । यसको उचित उत्तर दिने काम पनि आफूहरुको रहेको उनको भनाइ छ ।

 

अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत् इरानलाई चेतावनी दिएको २ दिनपछि उनले एक इरानी समुहसँगको भेटको क्रममा भने इरानसँग वास्तविक सम्झौताको लागि आफू तयार रहेको बताएका थिए । सन् २०१५ मा भएको इरान सम्झौतामा हस्ताक्षर गर्ने बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले भने यो सम्झौतालाई अमेरिका विना नै अघि बढाउनुपर्ने बताउँदै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...