समाज रसुवा टिमुरे पहिरोमा मृत्यु हुनेको संख्या आठ पुग्यो



हाम्रो इकोनोमि

 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२ टिमुरेको पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ।

मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपलिका थुमन १ का मिङमर गोम्बो तामाङ र कामी घले रहेका छन्। त्यस्तै नुवाकोटका रमेश र शर्मिला रहेका छन् भने सिन्धुपाल्चोक भोटेकोसी(४ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ, र सिन्धुपाल्चोक भोटेकोसी(५ को सुस खड्काको शव पहिचान भएको रसुवा प्रहरीले जनाएको छ।

बेपत्ता भएका एकजनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी जुटेका छन्। साथै दुईवटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ।

बुधबार राति साढे १२ बजेको समयमा पहिरोमा घाइते भएकामध्ये ७ जनालाई सामान्य उपचारपश्चात घर पठाइएको छ भने ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकीसमेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुईवटा कच्ची घर पुरिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...