समाज रसुवा टिमुरे पहिरोमा मृत्यु हुनेको संख्या आठ पुग्यो



हाम्रो इकोनोमि

 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२ टिमुरेको पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ।

मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपलिका थुमन १ का मिङमर गोम्बो तामाङ र कामी घले रहेका छन्। त्यस्तै नुवाकोटका रमेश र शर्मिला रहेका छन् भने सिन्धुपाल्चोक भोटेकोसी(४ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ, र सिन्धुपाल्चोक भोटेकोसी(५ को सुस खड्काको शव पहिचान भएको रसुवा प्रहरीले जनाएको छ।

बेपत्ता भएका एकजनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी जुटेका छन्। साथै दुईवटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ।

बुधबार राति साढे १२ बजेको समयमा पहिरोमा घाइते भएकामध्ये ७ जनालाई सामान्य उपचारपश्चात घर पठाइएको छ भने ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकीसमेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुईवटा कच्ची घर पुरिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...