सरकार र गोविन्द केसी पक्षबीच वार्ता हुँदै, नेम्वाङ भन्छन् – आजै सहमति



हाम्रो इकोनोमि

 

सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता पुन: बिहीबार दिउँसो हुँदैछ ।

प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुन लागेको हो ।

 

साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

 

उनले सरकारी वार्ता टोलीलाई एमाले स‌ंसदीय दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेटसहितको निर्देशन दिएका छन् ।

नेम्वाङले संसदको प्रक्रियाबाटै डा. केसीका माग सम्बोधन हुने सहमति भएको बताए ।

प्रधानमन्त्री र डा. केसीतर्फका वार्ताकारबीच बुधबार मध्यरातमा चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुमा लामो छलफलपछि अनौपचारिक सहमति भएको थियो ।

 

वार्तापछि बिहीबार बिहान २ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका केसी पक्षका वार्ताकारले प्रधानमन्त्री ओलीसँगको वार्ताको प्रगति अनसनरत डा. केसीलाई सुनाएका थिए ।

त्यस्तै बिहीबार बिहान प्रधानमन्त्रीसँग सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा. धर्मकान्त बास्कोटा र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले केसीका मागका सन्दर्भमा छलफल गरेका थिए ।

 

ओलीले चरणबद्ध छलफलपछि सरकारको म्याण्डेट नेम्वाङमार्फत सरकारी वार्ता टोलीलाई दिएका छन् । वार्ता भाँड्ने राजनीतिक चलखेलप्रति केसी पक्ष सजग हुनुपर्ने प्रधानमन्त्रीले बताएका थिए ।

केसी पक्षले पनि प्रधानमन्त्रीको पहल सकारात्मक रहेको भन्दै ओलीको प्रतिनिधिका रुपमा डा. केसीलाई भेट्न शिक्षण अस्पताल आउन नेम्वाङलाई आग्रह गरेको थियो ।

 

‘डा. केसीको तर्फबाट उहाँलाई भेट्न नेम्वाङ आइदिनुपर्‍यो भन्ने कुरा आएको हो । नेम्वाङले वार्ताबाट सहमति हुने कुरामा सकारात्मक भएमा मात्र आउँछु, नत्र मुख हेराहेर गर्न मात्र किन आउने भन्नुभयो । सम्भवतः साँझसम्म सहमति हुन्छ र त्यसअघि ओलीको प्रतिनिधिका रुपमा नेम्वाङ अनसनस्थल पुग्नु हुनेछ’, प्रधानमन्त्रीका एक सहयोगीले भने ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...