सरकार र गोविन्द केसी पक्षबीच वार्ता हुँदै, नेम्वाङ भन्छन् – आजै सहमति



हाम्रो इकोनोमि

 

सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता पुन: बिहीबार दिउँसो हुँदैछ ।

प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुन लागेको हो ।

 

साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

 

उनले सरकारी वार्ता टोलीलाई एमाले स‌ंसदीय दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेटसहितको निर्देशन दिएका छन् ।

नेम्वाङले संसदको प्रक्रियाबाटै डा. केसीका माग सम्बोधन हुने सहमति भएको बताए ।

प्रधानमन्त्री र डा. केसीतर्फका वार्ताकारबीच बुधबार मध्यरातमा चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुमा लामो छलफलपछि अनौपचारिक सहमति भएको थियो ।

 

वार्तापछि बिहीबार बिहान २ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका केसी पक्षका वार्ताकारले प्रधानमन्त्री ओलीसँगको वार्ताको प्रगति अनसनरत डा. केसीलाई सुनाएका थिए ।

त्यस्तै बिहीबार बिहान प्रधानमन्त्रीसँग सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा. धर्मकान्त बास्कोटा र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले केसीका मागका सन्दर्भमा छलफल गरेका थिए ।

 

ओलीले चरणबद्ध छलफलपछि सरकारको म्याण्डेट नेम्वाङमार्फत सरकारी वार्ता टोलीलाई दिएका छन् । वार्ता भाँड्ने राजनीतिक चलखेलप्रति केसी पक्ष सजग हुनुपर्ने प्रधानमन्त्रीले बताएका थिए ।

केसी पक्षले पनि प्रधानमन्त्रीको पहल सकारात्मक रहेको भन्दै ओलीको प्रतिनिधिका रुपमा डा. केसीलाई भेट्न शिक्षण अस्पताल आउन नेम्वाङलाई आग्रह गरेको थियो ।

 

‘डा. केसीको तर्फबाट उहाँलाई भेट्न नेम्वाङ आइदिनुपर्‍यो भन्ने कुरा आएको हो । नेम्वाङले वार्ताबाट सहमति हुने कुरामा सकारात्मक भएमा मात्र आउँछु, नत्र मुख हेराहेर गर्न मात्र किन आउने भन्नुभयो । सम्भवतः साँझसम्म सहमति हुन्छ र त्यसअघि ओलीको प्रतिनिधिका रुपमा नेम्वाङ अनसनस्थल पुग्नु हुनेछ’, प्रधानमन्त्रीका एक सहयोगीले भने ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...