अदालतका सबै बहस लाईभ र अदालतभित्र विचौलियालाई निषेध गरौंः सांसद भट्टराई



 

नेकपाका सांसद योगेश भट्टराईले अदालतका सबै बेञ्च र बहस लाइभ गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतका प्रधान न्यायाधीश नियुक्तिका लागि संसदको सुनुवाई समितिमा बोल्दै भट्टराइले अदालतका काम कारवाहीलाई पारदर्शी बनाउन र अदालतभित्र लोकतान्त्रिक अभ्यासका लागि यो विधि अप्नाउन सुझाव दिएका हुन् ।

 

समितिको बैठकमा प्रधानन्याधीशका लागि दीपकराज जोशीमाथिको सुनुवाईबारे बोल्दै सांसद भट्टराईले अदालतमा विचौलियाको विग्विगी रहेको बताए । उनले अदालतले विचौलियालाई निषेध गर्नु पर्ने कुरामा समेत जोड दिए ।

 

सांसद भट्टराईले सर्वोच्च अदालतमा देखिने गरी १२ करोड वैदेशिक लगानी भएको दाबी गर्दै विगत १० वर्षमा कति पैसा आयो सार्वजनिक गर्न आग्रह समेत गरे ।

 

उनले भने, ‘विगत १० वर्षमा कति वैदेशिक लगानी आयो ? त्यो के–केमा खर्च भयो ? त्यसको प्रतिवेदन आओस् भन्न चाहान्छु । कतै न्यायाधीश बस्ने कुर्सीको पछाडि विदेशी संस्थाको लोगो त छैन ? यस्तो हुनु राम्रो विषय होइन ।’

 

सांसद भट्टराईले कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई उनले फैसला गरेको हाडिगाउँ र बालुवाटारको सरकारी जग्गाको मुद्दाको विवादबारे प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति