एक केजी सुन पचाउन खोज्‍ने ज्वाई-ससुरा यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

एक केजी सुन पचाउन लुटिएको नाटक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रुकुमका ५३ वर्षीय खड्गबहादुर सुनार र सोही स्थानका २५ वर्षीय बचन सुनार पक्राउ परेका छन्।

 

दुवै जना दाङमा बस्दै आएका थिए। महाशाखाका अनुसार खड्ग र बचनले बुधबार राती गंगबुको एक होटलबाट आफुहरु लुटिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।

 

उनीहरुको दावी थियो- हतियारसहितको समूहले आफूहरुबाट एक केजी सुन र लाखौं नगद रुपैयाँ लुट्यो। तर प्रहरी अनुसन्धानमा उनिहरुले बुधबार किनेको एक केजी सुन गंगबुकै एक ज्वेलर्समा राखेको खुलासा भएको हो।

 

प्रहरीका अनुसार उक्त सुन वैध हो। दाङकै एक सुन ब्यापारीले एक केजी सुन किनेर ल्याउन उनिहरुलाई काठमाडौं पठाएका थिए। तर सुनका मालिकलाई झुक्याएर सुन पचाउने दुवैको प्रयाश सफल हुन सकेन। प्रहरीले सार्वजनिक अपराध मुद्धामा उनिहरुमाथि म्याद थप्ने तयारी गरेको छ। गलत सुचनाका कारण प्रहरीको ठुलो जनशक्तीले  बिहिबार हैरानी खेपेको थियो।

 

प्रहरी अनुसन्धानमा खड्ग र बचन नाताले ज्वाई-ससुरा भएको खुलेको छ। एक केजी सुनमा खड्गको ३३ लाख ३६ हजार र दाङ सुन ब्यवशायी संघको करिब १५ लाख रुपैयाँ लगानी भएको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...