एक केजी सुन पचाउन खोज्‍ने ज्वाई-ससुरा यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

एक केजी सुन पचाउन लुटिएको नाटक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रुकुमका ५३ वर्षीय खड्गबहादुर सुनार र सोही स्थानका २५ वर्षीय बचन सुनार पक्राउ परेका छन्।

 

दुवै जना दाङमा बस्दै आएका थिए। महाशाखाका अनुसार खड्ग र बचनले बुधबार राती गंगबुको एक होटलबाट आफुहरु लुटिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।

 

उनीहरुको दावी थियो- हतियारसहितको समूहले आफूहरुबाट एक केजी सुन र लाखौं नगद रुपैयाँ लुट्यो। तर प्रहरी अनुसन्धानमा उनिहरुले बुधबार किनेको एक केजी सुन गंगबुकै एक ज्वेलर्समा राखेको खुलासा भएको हो।

 

प्रहरीका अनुसार उक्त सुन वैध हो। दाङकै एक सुन ब्यापारीले एक केजी सुन किनेर ल्याउन उनिहरुलाई काठमाडौं पठाएका थिए। तर सुनका मालिकलाई झुक्याएर सुन पचाउने दुवैको प्रयाश सफल हुन सकेन। प्रहरीले सार्वजनिक अपराध मुद्धामा उनिहरुमाथि म्याद थप्ने तयारी गरेको छ। गलत सुचनाका कारण प्रहरीको ठुलो जनशक्तीले  बिहिबार हैरानी खेपेको थियो।

 

प्रहरी अनुसन्धानमा खड्ग र बचन नाताले ज्वाई-ससुरा भएको खुलेको छ। एक केजी सुनमा खड्गको ३३ लाख ३६ हजार र दाङ सुन ब्यवशायी संघको करिब १५ लाख रुपैयाँ लगानी भएको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...