सँगै कम्बोडिया उडे सुजाता कोईराला र माधव नेपाल, यस्तो छ भित्रि कुरा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस नेतृ सुजाता काेईराला कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा साउन १५ गते हुने संसदीय निर्वाचनको पर्यवेक्षण गर्न नेता नेपाल कम्बोडिया गएकाे नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

 

नेपालसँगै कांग्रेस नेतृ तथा सांसद सुजाता कोईरालासमेत गएकी छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्षसमेत हुन् । नेता नेपालकाे टाेलीमा नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल पनि छन् ।

 

नेता नेपाल कम्बाेडियामा रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए । नेता नेपाल साउन १८ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...