नेपालले इस्ट लन्डनलाई २ सय २३ रनले हरायो



हाम्रो इकोनोमि

युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा इस्ट लन्डन(११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको छ ।

नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन(११ ले ३८ ओभर ५ बलमा १ सय १५ रन मात्र बनाउन सक्यो ।

नेपालको कसिलो बलिङसामु इस्टका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । डारेन आइरोन साइडले सर्वाधिक ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो दर्शन गर्न सकेनन् ।

भाज पुरेवलले २२ रन बनाए । सागर जोशी ८, नेल सोलोमन ६, रामिज ४ र नाविल अजिजले ३ रन बनाए । अर्मन र विलाल पटेल शुन्य रनम आउट भए । शक्ति गौचनले ४ विकेट लिए । करण केसी र ललित भण्डारीले समान २ तथा सोमपाल कार्मी र दीपेन्द्रसिंह ऐरीले १९१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साहको शतकीय पारीमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । आक्रमक इनिङ्स खेलेका अनिलले ९१ बलमा शतक पुरा गरे । अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १ सय ३१ रन बनाए । यससँगै अनिल युरोप भ्रमणको अभ्यास खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।

यसअघि पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले शतकीय पारी खेलेका थिए । यस्तै मध्यक्रमका शरद भेषवाकर शतक बनाउनबाट दुई रनले चुके । ८६ बल खेलेका शरद ९८ रनमा आउट भए ।

टिमले ५८ रनको जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका अनिल र शरदले चौथो विकेटको लागि २ सय १२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...