शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको चेतावनी, सरकार भन्छ ढाड भाँच्छौ



हाम्रो इकोनोमि

 

नेपाल चिकित्सक संघले शुक्रबारदेखि सबै सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिउनजेल सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

 

शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको चेतावनी दिएको छ । सरकारले भने सेवा बन्द गरे भन्छ ढाड भाँच्छौ भन्ने गरेको छ ।

 

२७ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै संघले उक्त निर्णय गरेको हो । साथै सरकार तथा सरोकारवालाहरुलाई यथासक्य चाँडो वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि संज्ञले आग्रह गरेको छ ।

 

डा. केसीले सरकारले संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन् ।

 

सरकारले वार्ता टोली गठन गरेर डा. केसीका प्रतिनिधिसँग वार्ता गरेपनि मंगलबार रातिदेखि कुनै वार्ता भएको छैन । डा. केसीका प्रतिनिधि र टोलीबीच अनौपचारिक छलफलहरु भएपनि कुनै सहमति भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...