भदौ ८ मा ‘रेनी’ लाग्ने, यस्तो छ फस्टलुक



हाम्रो इकोनोमि

नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । त्रिकोणात्मक प्रेमकथानक फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक गरिएको हो ।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् ।

गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् ।

काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् ।

जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...