भदौ ८ मा ‘रेनी’ लाग्ने, यस्तो छ फस्टलुक



हाम्रो इकोनोमि

नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । त्रिकोणात्मक प्रेमकथानक फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक गरिएको हो ।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् ।

गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् ।

काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् ।

जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...