विराट अस्पतालको यस्तो छ ठगी धन्दा, सात हजारको औषधिलाई १८ हजार



हाम्रो इकोनोमि

 

विराटनगरस्थित एउटा निजी नर्सिङ होममा सञ्चालित औषधि पसलले दोब्बर मूल्यमा बिरामीलाई औषधि बिक्री गर्ने गरेको पाइएको छ ।

 

विराट नर्सिङ होमको नामले चिनिने विराट अस्पताल प्रालिले मासिक नौ लाख रुपियाँमा भाडामा लगाएको फार्मेसीले अस्पतालमै काम गर्ने कर्मचारीका बिरामीलाई ठगी गरेपछि त्यस्तो रहस्य खुलेको हो ।

 

अस्पतालमा कार्यरत जितेन्द्र कामतका नातेदार बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । बिरामीका लागि आवश्यक औषधि मेडिमिक्स फार्मेसीबाट खरिद गरेर लगेका थिए । विश्वासै नलाग्ने गरी धेरैको बिल बनेपछि बिरामीका आफन्तले औषधिको मूल्य बाहिरका पसलमा बुझेका थिए ।

 

बाहिरका पसलमा बुझ्दा औषधिको मूल्य सात हजार पाँच सय हुने हिसाब आएको थियो तर मेडिमिक्स फार्मेसीमा त्यो औषधिको बिल १८ हजार रुपियाँको आएको बिरामी पक्षले  जनाएका छन् ।

 

फार्मेसीले ठगी गरेपछि स्थानीय औषधि पसलेले समेत सबै व्यवसायीको बदनाम हुने भन्दै अस्पताल प्रशासनलाई जानकारी गराएका थिए । अस्पताल प्रशासनले भने आन्तरिक विषय भएकाले छलफल गरेर समाधान खोज्ने प्रतिक्रिया दिएको छ । अस्पताल प्रशासनका प्रमुखले पटक–पटक टेलिफोन गर्दासमेत टेलिफोन नै उठाउनुभएन ।

 

पीडित पक्ष अस्पतालमै जागिर गर्ने भएकाले जागिर सुरक्षाका लागि पनि बोल्न सक्ने अवस्थामा छैनन् । मेडिमिक्स फार्मेसीका सञ्चालक अनिल चौधरीले भूलवस बढी बिलिङ हुन गएको र त्यसलाई आपसी सहमतिमा सच्याइएको बताउनुभयो । उहाँले एउटा बिरामीको बिल अर्कोलाई परेको दाबी गरेको भए पनि बिरामीका आफन्तले भने त्यसलाई अस्वीकार गरेका छन् ।

 

अस्पतालले फागुन महिनादेखि मेडमिक्स फार्मेसीलाई मासिक १२ लाख रुपियाँ भाडा तिर्ने सर्तमा एउटा कोठा उपलव्ध गराएको हो । पछि फार्मेसीले भाडा तिर्न सक्ने नदेखेपछि भाडा घटाएर नौ लाख कायम गरेको छ । चर्को कोठाभाडा तिर्नुपर्ने भएकाले फार्मेसीले बिरामीलाई औषधि बिक्री गर्दा बढी मूल्य लिने गरेको अस्पताल स्रोतले बताएको छ । अस्पतालकै कर्मचारीमाथि ठगी भएपछि घटना बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...