पहिरोमा पुरिएर चार जनाको मृत्यु (मृतककाे नामावलीसहित)



हाम्रो इकोनोमि

 

गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का रहेका छन् ।

 

पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी रहेको र खोज उद्धारका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

उद्धारकार्य प्रभावकारी बनाउन प्रजिअ कृष्ण पौडेललको नेतृत्वमा सुरक्षा निकायसमेतको परिचालन गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्धारमा आवश्यक सहजीकरण गरिराखेका छन् । स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ । अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ ।

 

पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पुरेको छ । पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...