सिरियामा आत्मघाती आक्रमण, १५६ को मृत्यु



हाम्रो इकोनोमि

 

सिरियाको एक दक्षिणी प्रान्तमा आतंकवादी संगठन आईएसको आक्रमणमा परी १५० भन्दा बढी मानिसहरुको ज्यान गएको छ । बुधबार भएको यो आक्रमण सिरियामा भएको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणहरुमध्येको एक हो ।

 

सिरियाको मानवअधिकारको अनुगमन गर्ने संस्थाले बुधबार सरकारको नियन्त्रणमा रहेको दक्षिण प्रान्त सुवैदाका केही क्षेत्रहरुमा यो आक्रमण गरिएको हो । यो प्रान्तको उत्तरपूर्वी क्षेत्रमा आईयसको नियन्त्रण रहेको छ ।

 

गत साता रुसी समर्थित सेनाले यो क्षेत्रमा आईएसमाथि आक्रमण गरेको थियो । आईएसले यो घटनाको जिम्मेवारी लिँदै आफ्नो लडाकुको कार्यको प्रशंसा गरेको छ ।

 

अनुगमन गरिरहेको संस्थाको विवरणअनुसार मानिसहरुलाई घरमै बसेको अवस्थामा पनि आईएसले आक्रमण गरी मारेको बताएको छ । आत्मघाती आक्रमण र अन्य आक्रमणमा गरी ६२ नागरिकहरुसहित १५६ मानिसहरुको ज्यान गएको हो ।

 

मर्नेमा ९४ जना सरकार समर्थित लडाकुहरु रहेका थिए, जसमा धेरैजसोले आफ्नो गाउँको सुरक्षाको लागि हतियार उठाएका थिए । आत्मघाती आक्रमणकारी र अन्य आक्रमणकारीहरुसहित गरी आईएसका पनि ३० जनाको ज्यान गएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...