हङकङ बाहेक किन चीनको अन्य क्षेत्रमा उड्दैनन् नेपाली विमान यस्तो छ कारण



छिमेकी मुलुक चीनबाट नेपालमा ६ वटा वायुसेवा कम्पनीले उडान गर्छन्। चिनियाँ कम्पनीले हप्तामा ४८ हवाई उडान गरिरहँदा नेपाली वायु सेवा कम्पनी हङकङबाहेक चीन शासित कुनै गन्तव्यमा उड्दैनन्।

नेपाल चीनबीचको हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले हप्तामा ७० वटासम्म उडान गर्नुपर्ने हो। तर अवस्था त्यस्तो छैन।

किन चीनतर्फ उड्दैनन् नेपाली विमानरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा भन्छन्, ‘चीन उडानका लागि नेपाली एयरलाइन्स कम्पनीसँग विमान नै पर्याप्त छैनन्।’

चिनियाँ पर्यटकले नेपाल आउँदा निःशुल्क भिषा पाउँछन्। वि।सं। २०७२ को विनाशकारी भूकम्पपछि गरिएको यो व्यवस्थाले नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढाएको छ। सन् २०१८ को पहिलो चार महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै चिनियाँ छन्। यो अवधिमा ५३ हजार ३ सय २२ चिनियाँ पर्यटक भित्रिएका छन्। यसले काठमाडौं गन्तव्यमा विमान कम्पनीहरुको ‘अकुपेन्सी’समेत बढेको छ। तर उड्डयन व्यापार गर्ने सबै कम्पनीहरु चिनियाँ छन्। नेपाली एउटा पनि छैनन्।

एयर चाइना, क्याथे ड्रागन, चाइना इस्र्टन, चाइना साउर्दन, सिचुवान र तिब्बत एयरलाइन्सले चिनियाँ सहरहरुबाट काठमाडौं उडान गरिरहेका छन्।

नेपाल–चीन हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन्।

सचिव देवकोटा १० वटा ठूला विमान नभई निगमले अन्तर्राष्ट्रिय उडान प्रभावकारी बनाउन नसक्ने बताउँछन्। ‘अन्तर्राष्ट्रि उडान गर्दै आएको नेपाल वायुसेवा निगमसँग विमान पर्याप्त छैन,’ उनी भन्छन्,‘विमान खरिद गर्दा घुस खायो भन्दै हिँडेपछि अन्तर्राष्ट्रिय उडानका लागि विमान ल्याउन सहज छैन्।’

निगमसँग हाल अन्तर्राष्ट्रि उडानका लागि असार १४ मा ल्याएको वाइडबडीसहित ४ विमान छन्। बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट निगमले हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन्। दोस्रो वाइडबडी बिहीबार आइपुग्ने तालिका छ।

चीन उडान नहुनुमा जहाज मात्रै कारण देखिँदैन। सन् २०१४ मा निगमले नेपाली व्यापारी बाक्लै आउजाउ हुने ग्वान्जाओ उडान अनुमति मागेको थियो। ग्वान्जाओमा कार्यालय स्थापना गर्नेसहितको सो प्रस्ताव चिनियाँ पक्षबाट स्वीकृत नै भएन। निगमले बेइजिङका लागि पनि उडान अनुमति मागेको थियो। दुई वाइडबडी विमान भित्र्याएसँगै चीनका सहरहरुमा उडान गर्न सक्छ।

अहिले चीन उडानका लागि निवेदन दिने वायुसेवा कम्पनीमा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी भएको हिमालय एयरलाइन्स एउटा हो। हिमालयले तीन वर्षअघि छेन्दु(ल्हासा(काठमाडौं उडान अनुमतिका लागि निवेदन दिएको थियो। हालसम्म अनुमति पएको छैन्। हिमालयले साउदी अरेबीया, दोहा, दुबाई र मलेसिया उडान गर्दै आएको छ।

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीहरु मध्य अन्तर्राष्ट्रिय उडान गर्नेमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर छन्। नेपाले हवाई सम्झौता गरेका ३८ वटा देशमा उनीहरुले उडान गर्न पाउँछन्।

प्रतिक्रिया दिनुहोस
पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न