हङकङ बाहेक किन चीनको अन्य क्षेत्रमा उड्दैनन् नेपाली विमान यस्तो छ कारण



हाम्रो इकोनोमि

छिमेकी मुलुक चीनबाट नेपालमा ६ वटा वायुसेवा कम्पनीले उडान गर्छन्। चिनियाँ कम्पनीले हप्तामा ४८ हवाई उडान गरिरहँदा नेपाली वायु सेवा कम्पनी हङकङबाहेक चीन शासित कुनै गन्तव्यमा उड्दैनन्।

नेपाल चीनबीचको हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले हप्तामा ७० वटासम्म उडान गर्नुपर्ने हो। तर अवस्था त्यस्तो छैन।

किन चीनतर्फ उड्दैनन् नेपाली विमानरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा भन्छन्, ‘चीन उडानका लागि नेपाली एयरलाइन्स कम्पनीसँग विमान नै पर्याप्त छैनन्।’

चिनियाँ पर्यटकले नेपाल आउँदा निःशुल्क भिषा पाउँछन्। वि।सं। २०७२ को विनाशकारी भूकम्पपछि गरिएको यो व्यवस्थाले नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढाएको छ। सन् २०१८ को पहिलो चार महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै चिनियाँ छन्। यो अवधिमा ५३ हजार ३ सय २२ चिनियाँ पर्यटक भित्रिएका छन्। यसले काठमाडौं गन्तव्यमा विमान कम्पनीहरुको ‘अकुपेन्सी’समेत बढेको छ। तर उड्डयन व्यापार गर्ने सबै कम्पनीहरु चिनियाँ छन्। नेपाली एउटा पनि छैनन्।

एयर चाइना, क्याथे ड्रागन, चाइना इस्र्टन, चाइना साउर्दन, सिचुवान र तिब्बत एयरलाइन्सले चिनियाँ सहरहरुबाट काठमाडौं उडान गरिरहेका छन्।

नेपाल–चीन हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन्।

सचिव देवकोटा १० वटा ठूला विमान नभई निगमले अन्तर्राष्ट्रिय उडान प्रभावकारी बनाउन नसक्ने बताउँछन्। ‘अन्तर्राष्ट्रि उडान गर्दै आएको नेपाल वायुसेवा निगमसँग विमान पर्याप्त छैन,’ उनी भन्छन्,‘विमान खरिद गर्दा घुस खायो भन्दै हिँडेपछि अन्तर्राष्ट्रिय उडानका लागि विमान ल्याउन सहज छैन्।’

निगमसँग हाल अन्तर्राष्ट्रि उडानका लागि असार १४ मा ल्याएको वाइडबडीसहित ४ विमान छन्। बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट निगमले हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन्। दोस्रो वाइडबडी बिहीबार आइपुग्ने तालिका छ।

चीन उडान नहुनुमा जहाज मात्रै कारण देखिँदैन। सन् २०१४ मा निगमले नेपाली व्यापारी बाक्लै आउजाउ हुने ग्वान्जाओ उडान अनुमति मागेको थियो। ग्वान्जाओमा कार्यालय स्थापना गर्नेसहितको सो प्रस्ताव चिनियाँ पक्षबाट स्वीकृत नै भएन। निगमले बेइजिङका लागि पनि उडान अनुमति मागेको थियो। दुई वाइडबडी विमान भित्र्याएसँगै चीनका सहरहरुमा उडान गर्न सक्छ।

अहिले चीन उडानका लागि निवेदन दिने वायुसेवा कम्पनीमा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी भएको हिमालय एयरलाइन्स एउटा हो। हिमालयले तीन वर्षअघि छेन्दु(ल्हासा(काठमाडौं उडान अनुमतिका लागि निवेदन दिएको थियो। हालसम्म अनुमति पएको छैन्। हिमालयले साउदी अरेबीया, दोहा, दुबाई र मलेसिया उडान गर्दै आएको छ।

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीहरु मध्य अन्तर्राष्ट्रिय उडान गर्नेमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर छन्। नेपाले हवाई सम्झौता गरेका ३८ वटा देशमा उनीहरुले उडान गर्न पाउँछन्।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...