केसीले आजै जुस खाएर अनशन तोड्ने, यस्तो हुने भो सहमति, काँग्रेसको आन्दोलनले पनि हावा खाने भो



 

अनशनरत डा. गोविन्द केसीका मागमा सरकार र केसी पक्ष सहमतिनजिक पुगेका छन् । मंगलबार प्रधानमन्त्री तहदेखि सक्रिय रूपमा भएको भेटघाट र वार्तापछि राति दुई वार्ताटोली केसीका धेरै मागमा सहमतिनजिक पुगेका हुन् । सिंहदरबारमा सरकारी र केसी पक्ष वार्ताटोलीबीच भएको वार्ता मिलनबिन्दुनजिक पुगेको दुवै पक्षले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

 

सरकारी वार्ताटोलीका सदस्य डा. गुणराज लोहनीले केसीले उठाएका सबै मागमा सहमतिनजिक पुगिएको बताए । केसी पक्ष वार्ताटोली संयोजक डा. अभिषेक सिंहले पनि बुधबार वार्ताले सकारात्मक नतिजा दिने विश्वास मंगलबारको वार्ताले दिलाएको जानकारी दिए । तर, चिकित्सा शिक्षा विधेयकको विषयमा भने वार्ताटोलीले समझदारी खोज्न सकेन ।

 

बिहानदेखि रातिसम्म के–के भयो ?
डा. केसीका माग सम्बोधन गर्न मंगलबार दिनभर राजनीतिक तहदेखि नै छलफल भए । बिहानै प्रधानमन्त्री केपी ओलीले वार्ताको वातावरण बनाउने प्रक्रिया सुरु गरे । यसैअनुसार मध्याह्नतिर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको बोलावटमा माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमालगायत बालुवाटार पुगे । वार्तामा संयोजनकारी भूमिका पूर्वसभामुख सुवास नेम्वाङले खेलेका थिए । ओली र प्रचण्डले केसीका मागमा सम्बोधन गर्न सक्ने ‘बटमलाइन’ बताएपछि माथेमाले केसी पक्षलाई जानकारी गराए ।

 

अपराह्नतिर नेम्वाङले केसी पक्ष वार्ताटोलीसँग सिंहदरबारमा छलफल गरे । डा. केसीका मागमा सरकारको धारणा सुनाए । त्यसपछि केसी पक्ष सरकारी वार्ताटोलीसँग वार्तामा बस्न तयार भयो ।

 

नेम्वाङसँगको भेटपछि सरकारी धारणा सुनाउन टोली डा. केसीकहाँ पुगे । नेम्वाङले भने सरकारी वार्ताटोलीलाई फोन गरेर केसी पक्षलाई वार्तामा आउन आग्रह गर्न भने । लगत्तै सरकारी वार्ताटोलीले केसी पक्षलाई वार्तामा आउन आग्रह गर्‍यो ।

 

साँझ ६ बजे दुवै वार्ताटोली शिक्षा मन्त्रालयमा भेला भए । राति अबेरसम्म बसेको दुई पक्षका वार्ताटोली विधेयकका विषयबाहेक केसीका सबै मागमा सहमतिनजिक पुगेका छन् । सरकारसँग केसीले सात माग राखेका छन् ।

 

कस्तो छ केसीको स्वास्थ्य ?
२६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । केसीका सहयोगीहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन् । केसीको शरीरमा रगतका सम्पूर्ण ‘प्यारामिटर’हरू असामान्य बन्दै गएको छ । मंगलबार सेतो रक्तकोषिकाको संख्या अहिलेसम्मकै न्यून अवस्थामा पुगेको छ । यति कम सेतो रक्तकोषिका भएका बिरामीलाई संक्रमण हुने सम्भावना बढी हुन्छ । रगतमा ग्लुकोजको मात्रा पनि न्यून देखिएको छ । पोटासियम, म्याग्नेसियम र क्याल्सियमको मात्रा कम छ । पोटासियम एकदमै न्यून भएकाले मुटुमा समस्या ल्याउने खतरा बढी छ ।

 

केसीले सम्भवतः आजै अनशन तोड्नुहुन्छ
डा. गुणराज लोहनी
सदस्य, सरकारी वार्ताटोली
वार्ता सकारात्मक भएको छ । चिकित्सा शिक्षा विधेयकबाहेक केसीले उठाएका सबै मागमा सहमति भएको छ । सम्भवतः डा. केसीले बुधबार (आज) अनशन तोड्नुहुनेछ । सरकार जसरी पनि केसीका माग पूरा गरेर अनशन तोडाउने पक्षमा लागेको छ । विधेयकका विषयमा सरकारी वार्ताटोलीले मात्रै निर्णय लिन नसक्ने भएकाले सहमति जुट्न नसकेको हो । माथिल्लो निकायमै छलफल गर्नुपर्ने भयो । मन्त्रालयस्तरबाट सम्बोधन हुने मागमा सहमति भएको छ ।

 

विधेयकका विषयमा केही असमझदारी छन्
डा. अभिषेक सिंह
संयोजक, केसी पक्ष वार्ताटोली
विधेयकको विषयमा केही असमझादारी छन्, बाँकी विषयमा करिब–करिब समझदारी भएको छ । सम्भवतः बुधबार वार्ताले सकारात्मक नतिजा देला । हामीले यो विश्वास लिएका छौँ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति