यी हुन् फिफा वर्ष खेलाडीको उत्कृष्ट १० को सूचीमा पर्नेहरु



हाम्रो इकोनोमि

 

फुटबलको सर्वोच्च निकाय फिफाले फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सूचीमा विश्वकपमा तहल्का मच्याउनेदेखि विश्वकपमा आउँदासम्म तहल्का मच्याएका खेलाडीहरु समावेश छन् । फेरि पनि अन्तिम १० को सूचीमा १० नम्बरको जर्सीको बाहुल्यता रहेको छ ।

फिफाले सार्वजनिक गरेको मनोनयनको सूचीमा विश्वकप च्याम्पियन फ्रान्सबाट तीन खेलाडी परेका छन् । ब्राजिलियन फुटबल लिजेन्ड पेलेको कीर्तिमान बराबरी गरेका फ्रान्सका किलियम एम्बाप्पेसँगै एन्टोनियो ग्रेजम्यान र राफेल भाराने उत्कृष्ट १० को सूचीमा परेका हुन् ।

मनोनयनमा परेका अरु खेलाडीमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छन् ।

मेस्सी र रोनाल्डोले ५–५ पटक बलुन डे ओर जितिसकेका छन् । यसैगरी इंग्लण्डका ह्यारी केन र इजिप्टका मोहमद सलाह पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।

यसैगरी चेल्सी तथा बेल्जियमका एडिन हाजार्ड, म्यान्चेस्टर सिटी तथा बेल्जीयमका केभिन डे ब्रायन र रियाल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच पनि मनोनयनमा परेका छन् ।

फिफाले सेप्टेम्बर २४ तारिखमा लण्डनमा वर्ष खेलाडी घोषणा गर्नेछ । पहिलो पटक पाँच पाँच पटक उपाधि जितेका मेस्सी र रोनाल्डो यसपटक चुक्ने सम्भावना औंल्याइए पनि विश्वकपलाई मात्र आधार बनाएर उपाधि दिइनु हुन्न भन्ने बहस पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...