यी हुन् फिफा वर्ष खेलाडीको उत्कृष्ट १० को सूचीमा पर्नेहरु



 

फुटबलको सर्वोच्च निकाय फिफाले फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सूचीमा विश्वकपमा तहल्का मच्याउनेदेखि विश्वकपमा आउँदासम्म तहल्का मच्याएका खेलाडीहरु समावेश छन् । फेरि पनि अन्तिम १० को सूचीमा १० नम्बरको जर्सीको बाहुल्यता रहेको छ ।

फिफाले सार्वजनिक गरेको मनोनयनको सूचीमा विश्वकप च्याम्पियन फ्रान्सबाट तीन खेलाडी परेका छन् । ब्राजिलियन फुटबल लिजेन्ड पेलेको कीर्तिमान बराबरी गरेका फ्रान्सका किलियम एम्बाप्पेसँगै एन्टोनियो ग्रेजम्यान र राफेल भाराने उत्कृष्ट १० को सूचीमा परेका हुन् ।

मनोनयनमा परेका अरु खेलाडीमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छन् ।

मेस्सी र रोनाल्डोले ५–५ पटक बलुन डे ओर जितिसकेका छन् । यसैगरी इंग्लण्डका ह्यारी केन र इजिप्टका मोहमद सलाह पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।

यसैगरी चेल्सी तथा बेल्जियमका एडिन हाजार्ड, म्यान्चेस्टर सिटी तथा बेल्जीयमका केभिन डे ब्रायन र रियाल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच पनि मनोनयनमा परेका छन् ।

फिफाले सेप्टेम्बर २४ तारिखमा लण्डनमा वर्ष खेलाडी घोषणा गर्नेछ । पहिलो पटक पाँच पाँच पटक उपाधि जितेका मेस्सी र रोनाल्डो यसपटक चुक्ने सम्भावना औंल्याइए पनि विश्वकपलाई मात्र आधार बनाएर उपाधि दिइनु हुन्न भन्ने बहस पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको