बार्तामा नजान कांग्रेसले डा केसी पक्षलाई दिए यस्तो चेतावनी, अब हाम्रो आन्दोलन के गर्ने



हाम्रो इकोनोमि

 

सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच पुनः संवाद सुरु भएको छ । डा. केसीको तर्फबाट गठित वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि संवाद सुरु भएको हो ।

बार्तामा नजान कांग्रेसले डा केसी पक्षलाई  यस्तो चेतावनी दिएको छ ।
गगन थापाले बार्तामा नजान भन्दै भने अब हाम्रो आन्दोलन के गर्ने । यस्तै ताल हो भने अब हामी सकिनी भयौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगको नेतृत्व आफै गर्न डाक्टर केसीलाई सार्वजनिक अपिल गरेकोभोलिपल्ट केसी पक्षधरले पूर्वसत छाडेको हो ।

 

बार्ताका लागि नपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पहल गर्नुभएको थियो । नेम्वाङले बार्ताका लागि केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गर्नुभएको हो ।

 

सो बार्ता लगत्तै प्रधानमन्त्री शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँले छलफल गर्नुभयो । नेम्वाङले डा. केसीको वार्ता टोलीसँग पनि सम्वाद गर्नुभयो ।

 

सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् ।

 

नेम्वाङको पहलपछि शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी बार्ता टोली र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको हो ।

 

शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीको तर्फबाट डा. अभिषेकराज सिंह, डा. जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी छन । सरकारले यसअघि नै डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

 

सरकारी वार्ता टोलीलाई विधेयकका विषयबस्तुमा छलफल गर्ने अधिकार दिइएको छ । केसीका तर्फबाट गठित बार्ता टोलीलाई नेपाली कांग्रेसका आधा दर्जन नेताहरुले बार्तामा नजान सुझाएका थिए । बार्ता टार्दा नै फाइदा हुने कांग्रेस नेताहरुको दवावबीच केसीको बार्ता टोली सरकारी बार्ता टोलीसँग सम्वादमा गएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...