बार्तामा नजान कांग्रेसले डा केसी पक्षलाई दिए यस्तो चेतावनी, अब हाम्रो आन्दोलन के गर्ने



हाम्रो इकोनोमि

 

सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच पुनः संवाद सुरु भएको छ । डा. केसीको तर्फबाट गठित वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि संवाद सुरु भएको हो ।

बार्तामा नजान कांग्रेसले डा केसी पक्षलाई  यस्तो चेतावनी दिएको छ ।
गगन थापाले बार्तामा नजान भन्दै भने अब हाम्रो आन्दोलन के गर्ने । यस्तै ताल हो भने अब हामी सकिनी भयौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगको नेतृत्व आफै गर्न डाक्टर केसीलाई सार्वजनिक अपिल गरेकोभोलिपल्ट केसी पक्षधरले पूर्वसत छाडेको हो ।

 

बार्ताका लागि नपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पहल गर्नुभएको थियो । नेम्वाङले बार्ताका लागि केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गर्नुभएको हो ।

 

सो बार्ता लगत्तै प्रधानमन्त्री शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँले छलफल गर्नुभयो । नेम्वाङले डा. केसीको वार्ता टोलीसँग पनि सम्वाद गर्नुभयो ।

 

सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् ।

 

नेम्वाङको पहलपछि शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी बार्ता टोली र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको हो ।

 

शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीको तर्फबाट डा. अभिषेकराज सिंह, डा. जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी छन । सरकारले यसअघि नै डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

 

सरकारी वार्ता टोलीलाई विधेयकका विषयबस्तुमा छलफल गर्ने अधिकार दिइएको छ । केसीका तर्फबाट गठित बार्ता टोलीलाई नेपाली कांग्रेसका आधा दर्जन नेताहरुले बार्तामा नजान सुझाएका थिए । बार्ता टार्दा नै फाइदा हुने कांग्रेस नेताहरुको दवावबीच केसीको बार्ता टोली सरकारी बार्ता टोलीसँग सम्वादमा गएको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...