प्रस्तावित प्रधानन्यायाधीशका ५ उजुरीकर्तासँग संसदीय समितिले गर्याे छलफल, भोलि छानबिन हुने



हाम्रो इकोनोमि

 

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीविरुद्ध परेको उजुरीबारे उजुरीकर्ताहरुसँग विस्तृत छलफल गरेको छ ।

 

संसदीय सुनुवाई विशेष समितिले मंगलबार प्रधानन्यायाधिशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने ५ जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित विस्तृत छलफल गरेको हो ।

उजुरीकर्ताहरुसँग प्रमाणसहित  विशेष छलफल गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

 

उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानवीन गर्न भोलि (बुधबार) पनि समितिको बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य कर्णले उजुरीकर्ताहरुको प्रमाणको सत्यतथ्य छानवीन गरेपछि बिहिबार अपरान्ह १ बजे प्रधानन्यायाधिशमा प्रस्तावित जोशीको सुनुवाई गर्ने कार्यसूचि तय गरिएको पनि जानकारी दिए ।

 

समितिको गत श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो ।

 

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...