राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने, लालबाबु राउतको पद यसरी पर्ने भो धरापमा



हाम्रो इकोनोमि

 

राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । राजयाले केन्द्रमा समर्थन फिर्ता गरे सँगै २ नम्बर प्रदेशको समिकरण पनि फेरबदल हुने भएको छ ।

 

यस सँगै द्युर्य नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतको पद पनि धरापमा परेको छ । अब २ नमबरमा नेकपा र फोरमको सरकार बन्ने पक्का भएको छ ।

 

नेपाली काँग्रेसको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा परेको बेला राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने भएको छ ।

 

राजपाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि हालसम्म आफूहरुसँग भएका सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै समर्थन फिर्ता लिने भएको हो ।

 

आज त्यही विषयमा आधिकारिक निर्णय गर्न अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । राजपा नेपालका एकजना महासचिवले भने, ‘अब समर्थन दिएर बरिरहने अवस्था छैन, आजको अध्यक्ष मण्डलको बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गर्ने सम्भावना छ ।’

 

राजपा नेपालले सविधान संशोधन लगायत मधेश आन्दोलनको क्रममा पक्राउ परेका र थुनामा रहेकालाई रिहाईको माग गरेको छ । त्यसै अनुसारको सम्झौता पनि भएको थियो ।

राजपा नेपालका सांसद रेशम चौधरी अहिले थुनामा छन् । सो पार्टीले चौधरीको रिहाईको माग गर्दै आएको छ ।

 

राजपा नेपालले दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम नेपाललाई सरकार बनाउनमा सहयोग गरेको छ भने केन्द्रको सरकारलाई विश्वासको मत दिएको छ ।

फोरम नेपाल केन्द्र सरकारमा सहभागी नै भएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...