भारतमा भन्दा नेपालमा सस्तो भएपछि पेट्रोलियम पदार्थको यसरी हुन्छ तस्करी, जनप्रतिनिधि नै यसको नाईके



 

एक वर्षदेखि नियमित हुँदै आएको डिजेल र पेट्रोलको चोरी पैठारी अझै नियन्त्रण भएको छैन । नेपाल आयल निगमले गरेको पछिलो मूल्य वृद्धि पछि पनि नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २८ रुपैयाँ र पेट्रोल प्रतिलिटर २५ रुपैयाँ महँगो भएका कारण चोरी पैठारीले निरन्तरता पाएको हो ।

 

शनिबार राती सुनसरीको दक्षिणी सिमावर्ती देवानगञ्ज गाउँपालिका स्थित रहेको भगत आयल ट्रेडर्सका सञ्चालक दिपनारायण भगतलाई भारतीय नागरिकसँग बढि मूल्य लिएर डिजेलको कालोबजारी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । तर आईतबार २४ घन्टा नबित्दै राजनैतिक दबाबका कारण सामान्य कागज गराएर छोडिएको छ ।

 

नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले भने हामीले भिडियोसहित प्रमाण लिखित रिर्पोट गर्यौँ । यसरी सजिलो गरी छोड्दा हामी जस्ता तल्लो तहमा काम गर्ने प्रहरीलाई निरास बनाएको छ । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण चिमोरीयाले कुनै किसिमको उजुरी र कालोबजारी गरेको ठोस प्रमाण नभएकाले छाड्नु परेको बताए ।

 

यसरी धान रोपाइँको समयमा किसानले डिजेल नपाउनुले पनि कालोबजारी भईरहेको भन्ने पुष्टि गर्दछ । तेल नपाएको व्यापक जनगुनासो भइरहँदा स–प्रमाणसहित पेट्रोल पम्पको मालिकलाई प्रहरीले समाते लगत्तै छोड्नुले प्रहरीमाथि पनि प्रश्न चिन्ह खडा भएको स्थानीय परेश मेहता बताउँछन् ।

 

मेहताका अनुसार अहिले डिजेल र पेट्रोल तस्करी गर्ने तस्करहरुले बालबालिकालाई प्रयोग गरेर साईकलमा दश लिटरका दरले पटक–पटक गरी लाने गरेका छन् । तस्करले नयाँ तरिका अपनाएर हजारौँ लिटर डिजेल भारत चोरीपैठारी गर्ने गरेको छ । यस्ता गतिविधिहरु स्थानिय राजनैतिक दलका केही व्यक्तिहरुको आडमा चोरी पैठारीको प्रयास भइरहेको हुन सक्ने स्रोतको दाबी छ ।

 

अहिले महिनाको अन्तमा बिक्रि बितरण भएको तेलको विवरण गाउँपालिकाबाट प्रमाणित गरि नेपाल आयल निगममा पेश गर्नुपर्ने प्रावधान निगमले लागु गरेको छ । जसमा भगत आयल ट्रेडर्सले जेठ महिना भरिमा पेट्रोल ३९८७४ लिटर र डिजेल ९९६५५ लिटर सहि तरिकाले बिक्रि वितरण गरिरहेको गाउँपालिकाले असार १३ गते पठाएको पत्रमा उल्लेख गरिएको छ । तर असार महिनाको विवरण भने पेश गरिएको छैन ।

 

किसानले डिजेल नपाईरहेको गुनासो गरिरहँदा गाउँपालिकाले सहि तरिकाले बिक्रि वितरण गरिरहेको छ भन्नुबाट नै प्रष्ट हुन्छ कि कालोबजारी कत्तिको छ भन्ने । कालोबजारी शक्तिको आडमा नै भइरहेको स्थानिय हारिस अंसारीको आरोप रहेको छ ।

 

पूर्वमा दैनिक डिजेल ८ केल र पेट्रोल २ सय ५० केल बजारमा पुग्छ । अधिकांश डिजेल र पेट्रोल भारततर्फ चोरी पैठारी भएको पुष्टि भएपछि निगमले स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरेर नियन्त्रणको प्रयास सुरु गरेको निगमका क्षेत्रीय डिपो प्रमुख भानुभक्त खनालले जानकारी दिए ।

 

उनका अनुसार, पम्पवालालाई पनि वास्तविक उपभोक्ता पहिचान गरेर मात्र डिजेल पेट्रोल उपलब्ध गराउन निर्देशन दिइएको छ । सीमावर्र्ती क्षेत्रका पम्पलाई दिइने इन्धनमा दैनिक चार हजार लिटर कटौती गरिएको छ । सीमावर्र्ती क्षेत्रका पम्पले बढी पैसा लिएर सीमा पारी पेट्रोलियम पदार्थ पुर्याउने गरेको आशंकामा त्यस्ता पम्पले पाउने गरेको दैनिक १२ हजार लिटर डिजेललाई ८ हजारमा झारे पनि तस्करी रोकिएको छैन ।

 

हालको मुल्य अनुसार नेपाल आयल निगमलाई डिजेलमा प्रतिलिटर २ रुपैयाँ ९० पैसा र पेट्रोलमा ६२ पैसा घाटा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु