ग्रिसमा भीषण आगलागी, २० जनाको मृत्य, १०४ जना भन्दा धेरै घाइते



हाम्रो इकोनोमि

 

 

ग्रिसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म कम्तिमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् । मानिसले आफ्नो घर छोडेर सुरक्षित स्थानमा लागेका छन् ।

 

आगलागी भएको क्षेत्रमै हराएका १० जना पर्यटकको खोजी तथा उद्धार अभियान पनि जारी छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि मानवीय रुपमा सम्भव भएका सबै प्रयास आफूहरुले गरिरहेको बताएका छन् । उनले आगलागीले भीषण रुप लिएपछि बोसनियाको निर्धारित औपचारिक भ्रमण रद्द गरेको छन् ।

आगो नियन्त्रणमा लिन निकै गठीन रहेको अग्निनियन्त्रकले बताएका छन् । मंगलबार बिहानै सरकारका प्रवक्ता डिमिट्रिस जानाकोपोउलोसले ज्यान गुमाउनेको संख्या २० नाघेको पुष्टि गरेका हुन्।

 

ज्यान गुमाउनेमा राजधानी एथेन्सबाट ४० किलोमिटर उत्तर–पूर्वमा समुद्र किनारमा रहेको मातीको रिसोर्टमा फसेकाहरु रहेका छन् । उनीहरु कि कार कि घरमै मरेका हुन् । आगलागीका कारण १०४ जना भन्दा धेरै घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...