तपाईले पैसामा केही लेख्ने वा कोर्ने गर्नुभएको छ, यदि छ भने आजैबाट छोड्नुस, त्यसो गरे परिएला जेल



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले नोटमा(पैसा)मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो ।

मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को मुद्रा सम्बन्धि कसुर महलअनुसार कुनै पनि व्यक्तिले मुद्रा च्यात्न, जलाउन, गाल्न वा केर्न नहुने व्यवस्था गरेको हो ।

 

सो महलको दफा २ सय ६३ उपदफा १ र २ अन्तर्गत बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुने व्यवस्थामा लेखिएको छ, ‘अधिकारप्राप्त अधिकारीको आदेशबिना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा कसैले त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन, कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन ।’ उपदफा ३ मा भनिएको छ, ‘उपदफा १ वा २ अन्तर्गतको कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्मकैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

 

नयाँँ व्यवस्थाअनुसार कोही कसैले पनि नोटमा कोर्न वा सिक्का नगाल्न वा नबिगार्न नेपाल राष्ट्र बैंकले सूचना जारी गर्ने तयारी समेत गरेको छ । अब घरमा, पसलमा, वा बैंकमा कसैले पनि नोटमा केरेको देखेमा सिक्का वा बिगार्न लागेको देखेमा तत्काल प्रहरीमा खबर गर्न सक्ने गरी सूचना जारी गर्न सकिने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

 

बैंकहरूले पैसाको बन्डलमा नोटमा पर्ने गरी स्ट्याप्लर थिच्दा बन्डलबाट पैसा झिक्दा च्यातिने, केरमेट गर्दा र केही भाग च्यातिए पनि नम्बर देखिने नोट चलाउँदा एक पटक छापेको पैसा छोटो समयमात्र चल्ने र नयाँ नोट छाप्नका लागि राज्यकोषबाट ठूलो खर्च हुने हुँदा नयाँ व्यवस्थाले राहत पुग्ने राष्ट्र बैंकका अधिकारीहरुको विश्वास छ ।

 

यसअघि सर्वोच्च अदालतले सफा नोट नीति कार्यन्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेश दिएपछि यो बिषयलाई फौजदारी संहितामा समेटिएको हो । सर्वोच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।

 

राष्ट्र बैंकबाट छापिँदै आएका बैंक नोटहरूमा वर्षौअघिदेखि जथाभाथी रूपमा केरमेट गर्ने, च्यात्ने तथा जथाभावी रूपमा स्ट्याप्लर लगाउने र बैंकहरूले समेत नोटका मुठ्ठाहरूमा स्ट्याप्लर लगाएर कारोबार गर्ने प्रचलन बढेपछि सर्वोच्चले अन्तरिम ओदेश जारी गरेको थियो ।

 

सफा नोट कारोबारका लागि बैंक मुद्रामा केरमेट गर्ने वा बिगार्नेलाई जरिवाना वा कैदको सजाय हुने व्यवस्था विश्वका विभिन्न देशहरुमा अभ्यास हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...